सोमबार, जेठ ५ गते २०८२    
सोमबार, जेठ ५ २०८२
images
images

अर्थिक पुनरुत्थानका लागि ऋण थपेर सार्वजनिक खर्च बढाउँदै चीन

images
बुधबार, कात्तिक ८ २०८०
images
अर्थिक पुनरुत्थानका लागि ऋण थपेर सार्वजनिक खर्च बढाउँदै चीन

बजेट घाटाको बढ्दो चिन्ताकै बीचमा आर्थिक पुनरुत्थानका लागि भन्दै सरकारले नयाँ ऋणपत्र जारी गर्न लागेको छ। 

images
images

काठमाडौं- आर्थिक पुनरूत्थानका लागि सार्वजनिक खर्च बढाउने रणनीतिमा चीन गएको छ। सुस्त रहेको अर्थतन्त्रलाई गती दिनका लागि भन्दै चीन सरकारले नयाँ ऋणपत्र जारी गर्ने भएको छ। 

images
images
images

अर्थतन्त्रलाई चलायमान बनाउन सहयोगी हुनेगरि १ सय ३७ अर्ब अमेरिकी डलरको सार्वभौम ऋणपत्र जारी गर्ने भएको छ। उच्चस्तरीय संसदीय युनिटले स्वीकृत गरिसकेको यो नयाँ ऋणपत्रबाट आएको रकमबाट यही वर्षको बाढीले क्षतिग्रस्त पूर्वाधार निर्माणमा उपयोग हुने बताइएको छ। 

images
images

नयाँ ऋणपत्रबाट आएको रकमको परिचालनबाट आन्तरिक माग वृद्धि हुने र त्यसबाट अर्थतन्त्र चलायमान हुने अधिकारीहरूले विश्वास लिएका छन्। 

images
images

‘यो ऋणपत्रबाट संकलन भएको कोषको परिचलानबाट आन्तरिक माग वृद्धिमा थप सहयोग हुनेछ समग्रमा अर्थतन्त्रको पुनरुत्थानमा सहयोग पुग्नेछ’ चिनियाँ सहायक अर्थमन्त्री जुहु झोङमिङले भनेका छन्। 

रियलस्टेट क्षेत्रमा देखिएको चरम मन्दीका कारणले चिनियाँ अर्थतन्त्रमा पछिल्लो समय सुस्त देखिएको छ। यद्यपि पछिल्लो त्रैमासमा भने अपेक्षाभन्दा राम्रो प्रदर्शन गरेको थियो। 

उत्पादन र निर्यातभन्दा आन्तरिक खपतमा आधारित अर्थतन्त्रको विकास गर्न चीनलाई विभिन्न अन्तर्राष्ट्रिय संगठनले पछिल्लो समय सुझाव दिँदै आएका छन्। रियलस्टेटमा देखिएको मन्दीको असर समग्र अर्थतन्त्रमा आउन नदिइ समाधान गर्ने चिनियाँ सरकारको रणनीति देखिएको छ। 

तर पछिल्लो समय अर्थतन्त्रको पुनरुत्थानका लागि सरकारी सहायता बढ्दा त्यसको असर बजेट घाटामा देखिएको छ। सन् २०२३ सम्म कुल गार्हस्थ उत्पादनको ३.८ प्रतिशत बजेट घाटा पुगेको छ। यसले गर्दा सरकारको ऋण पनि बढ्दै गएको छ। 

बजेट घाटाको बढ्दो चिन्ताकै बीचमा आर्थिक पुनरुत्थानका लागि भन्दै सरकारले नयाँ ऋणपत्र जारी गर्न लागेको छ। 


प्रकाशित : बुधबार, कात्तिक ८ २०८००९:०५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend