काठमाडौं- मनाङ एएरका पाइलट प्रकाशकुमार सेढाइँको उपचारका क्रममा निधन भएको छ। गत असोज २७ गते शनिबार हेलिकप्टर दुर्घटनामा परी घाइते भएका पाइलट सेढाइँको भारतको नेशनल बर्न सेन्टर मुम्बईमा उपचार भइरहेको थियो।
उपचारकै क्रममा आज सोही अस्पतालमा उनको निधन भएको मनाङ एयरका व्यवस्थापक राजु न्यौपानेले जानकारी दिए।
काठमाडौंमा उपचार हुन नसकेपछि सेढाइँलाई मुम्बई लगिएको थियो। अस्पतालका अनुसार सेढाइँको मुखको भाग, हातखुट्टालगायत ४५ देखि ५० प्रतिशत शरीर जलेको थियो। मनाङ एअरको हेलिकप्टर नाइन एन-एएनजे सोलुखुम्बुको लोबुचेमा दुर्घटना भएको थियो।
उनले चलाएको हेलिकोप्टर गत असोज २७ गते बिहान ७ बजेर १३ मिनेटमा सोलुखुम्बुमा दुर्घटना भएको थियो। दुर्घटनामा परी पाइलट सेढाइँ गम्भीर घाइते भएका थिए। सेढाइँलाई काठमाडौंको ह्याम्स अस्पताल ल्याइएकामा त्यहाँ उपचार हुन नसकेपछि मुम्बई लगिएको थियो।
नेसनल बर्न सेन्टर, मुम्बईमा उपचाररत उनको मंगलबार निधन भएको मनाङ एयरले विज्ञप्तिमार्फत् बताएको छ।
