सोमबार, असार ८ गते २०८३    
सोमबार, असार ८ २०८३

ग्लोबल आइएमई बैंकको डिजिटल दक्षिणा योजना, ग्लोबल स्मार्ट प्लसमार्फत दक्षिणा दिँदा १० प्रतिशत क्यासब्याक

बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, कात्तिक ६ २०८०
ग्लोबल आइएमई बैंकको डिजिटल दक्षिणा योजना, ग्लोबल स्मार्ट प्लसमार्फत दक्षिणा दिँदा १० प्रतिशत क्यासब्याक

ग्लोबल आइएमई बैंकले डिजिटल बैंकिङ सेवालाइ प्रबर्द्धन गर्न आफ्ना ग्राहकहरुलाई ग्लोबल स्मार्ट प्लस मार्फत हुने कारोबारमा क्यासब्याक दिने योजना सार्वजनिक गरेको छ।

काठमाडौं- ग्लोबल आइएमई बैंकले डिजिटल बैंकिङ सेवालाइ प्रबर्द्धन गर्न आफ्ना ग्राहकहरुलाई ग्लोबल स्मार्ट प्लस मार्फत हुने कारोबारमा क्यासब्याक दिने योजना सार्वजनिक गरेको छ।

बैंकको ग्लोबल स्मार्ट प्लस एप प्रयोगकर्ताहरूले विजया दशमी २०८० को टिकाको दिन आफ्ना प्रियजनलाई दक्षिणाको रुपमा पैसा पठाउँदा १० प्रतिशत (१०० सम्म) बैंकको आफ्ना ग्राहकहरुलाई दक्षिणा स्वरुप तुरुन्तै क्यासब्याक पाउनेछन। ग्राहकहरुले पैसा पठाउँदा प्रोमोकोड दक्षिणा लेखी पैसा ट्रान्सफर गर्नुपर्नेछ।

ग्लोबल आइएमई बैंकको ग्लोबल स्मार्ट एप प्रयोगकर्ता ग्राहकहरूले २०८० कार्तिक ७ गते विजया दशमीको दिन बिहान ११ बजे देखि दिउँसो २ बजेसम्म बैंकको दक्षिणा पाउनेछन्।

आफ्ना ग्राहकवर्गको सुविधालाई मध्यनजर गरी समय सापेक्ष रुपमा बैंकले यस्ता योजनाहरु ल्याएर ग्राहकहरुलाई लावान्भित गर्दै आएको छ। ग्लोबल आइएमई बैंक मुलुकका सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो।

बैंकले ३५२ शाखा कार्यालय, ३७१ एटिएम, ३२२ शाखा रहित बैंकिङ्ग सेवा, ६५ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी १,१०० भन्दा बढि सेवा केन्द्रबाट ४५ लाखभन्दा बढि ग्राहकहरू माझ सेवा प्रदान गरिरहेको छ।


प्रकाशित : सोमबार, कात्तिक ६ २०८०१५:२७
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend