सोमबार, असार ८ गते २०८३    
सोमबार, असार ८ २०८३

एभरेष्ट बैंकको सहयोगमा  रत्न राज्य माध्यामिक स्कूलमा खाने पानीको प्लान्ट सञ्चालन

शनिबार, कात्तिक ४ २०८०
एभरेष्ट बैंकको सहयोगमा  रत्न राज्य माध्यामिक स्कूलमा खाने पानीको प्लान्ट सञ्चालन

काठमाडौं- एभरेष्ट बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शिक्षा, स्वास्थ, दैवी प्रकोप व्यवस्थापन, वातावरण संरक्षण, संस्कृतिक प्रवद्र्धन, दर्गम क्षेत्रमा पूर्वाधार सुधार, सामाजिक रुपले पिछडिएका वर्गको आय आर्जन, वित्तीय साक्षरता, ग्राहक संरक्षण सम्बन्धी कार्यक्रम तथा विभिन्न परोपकारी कार्य गर्दै आईरहेको छ। 

बैंकले बानेश्वर महादेवस्थान काठमाडौं स्थित रत्नराज्य माध्यामिक विद्यालयमा शुद्ध खाने पानीको प्लान्ट सञ्चालनमा ल्याएको छ। 

विद्यालय व्यवस्थापन समितिले आयोजना गरेको विजया दशमी, शुभ दिपावली, नेपाल सम्वत ११४४ तथा छठ पर्व–२०८० को सुखद उपलक्ष्यमा शुभकामना आदनप्रदान, भेटघाट एवं चियापान कार्यक्रममा २७०० भन्दा बढी विधार्थीलाई पुग्ने गरी शुद्ध खानेपानी प्लान्टलाई पुनः सञ्चालनमा ल्याईएको हो।

 बैंकमा हालसम्म करिब १३ लाख भन्दा बढी ग्राहकहरु रहेका छन् तथा देशैभरि छरिएर रहेको आफ्नो १२७ शाखा सञ्जाल, ३ एक्सटेन्सन काउण्टर, ७ प्रादेशिक कार्यालय, १६२ एटीएम सहित अत्याधुनिक मोबाइल, इन्टरनेट र एसएमसए बैकिङ सुबिधा प्रदान गर्दै आइरहेको छ।बैंकले नेपाल सरकारको राजस्व संकलनको लागि ३२ वटा संकलन केन्द्रबाट समेत सेवा दिदै आइरहेको छ।


प्रकाशित : शनिबार, कात्तिक ४ २०८००९:१५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend