बुधबार, वैशाख २४ गते २०८२    
बुधबार, वैशाख २४ २०८२
images
images

तरलता संकट गहिरिँदै, तीन दिनमै घट्यो ७ अर्ब रुपैयाँ निक्षेप

images
बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, मंसिर ६ २०७८
images
तरलता संकट गहिरिँदै, तीन दिनमै  घट्यो ७ अर्ब रुपैयाँ निक्षेप

वाणिज्य बैंकहरुमा गत असोजमा कुल ४२ खर्ब ३९ अर्ब रुपैयाँ निक्षेप संकलन भएकोमा मंसिर पहिलो सातासम्म ४२ खर्ब २६ अर्ब रुपैयाँ निक्षेप देखिएको हो ।

images
images

काठमाडौं- तीन दिनमै वाणिज्य बैंकहरुको निक्षेप ७ अर्बले घटेको छ। मंसिर १ गतेदेखि ३ गतेसम्मको अवधिमा बैंकहरुको निक्षेप ७ अर्बले घटेको नेपाल बैंकर्स संघले जनाएको छ।

images
images
images

त्यस्तैगरी पछिल्लो  एक महिनामा ४३ अर्ब रुपैयाँ निक्षेप घटेको छ। संघका अनुसार असोज महिनाको तुलनामा मंसिर पहिलो सातासम्म ४३४ अर्ब रुपैयाँले घटेको जनाएको छ।

images
images

गत असोजमा कुल ४२ खर्ब ३९ अर्ब रुपैयाँ निक्षेप संकलन भएकोमा मंसिर पहिलो सातासम्म ४२ खर्ब २६ अर्ब रुपैयाँ निक्षेप रहेको छ। कात्तिक महिनामा असोज महिनाको तुलनामा ३६ अर्ब रुपैयाँ घटेको थियो। वाणिज्य बैंकमा ४२ खर्ब ३३ अर्ब रुपैयाँ निक्षेप पुगेको थियो।

images
images

कार्तिक ३० गते बैंकहरुको निक्षेप ४२ खर्ब ३३ अर्ब रहेकोमा मङ्सिर ३ गतेसम्म आईपुग्दा बैंकहरुको निक्षेप घटेर ४२ खर्ब २६ अर्ब पुगेको छ। यस अवधिमा विदेशी मुद्राको निक्षेप मात्रै २ अर्ब घटेको छ। यस अवधिसम्म बैंकहरुको सिडी रेसियो ९०.५७ प्रतिशत रहेको छ ।  

वाणिज्य बैंकहरुमा गत असोजमा कुल ४२ खर्ब ३९ अर्ब रुपैयाँ निक्षेप संकलन भएकोमा मंसिर पहिलो सातासम्म ४२ खर्ब २६ अर्ब रुपैयाँ निक्षेप देखिएको हो ।

 

 


प्रकाशित : सोमबार, मंसिर ६ २०७८१०:४२
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend