शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

पर्यटन व्यवसायी सुमन पाण्डे ‘पर्यटन नेतृत्व पुरस्कार’ बाट पुरस्कृत 

बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, कात्तिक ३ २०८०
पर्यटन व्यवसायी सुमन पाण्डे ‘पर्यटन नेतृत्व पुरस्कार’ बाट पुरस्कृत 

काठमाडौं- पर्यटन व्यवसायी सुमन पाण्डे ‘पर्यटन नेतृत्व पुरस्कार’ बाट पुरस्कृत भएका छन्। पर्यटन र होटल व्यवसायमा पुर्‍याएको योगदानको कदर गर्दै उनलाई अवार्ड प्रदान गरिएको हो।

सिजन मिडिया आफ्नो १५ औँ स्थापना दिवस मनाएको छ। शुक्रबार स्थापना दिवसको अवसरमा होटल हिमालयन कुपोण्डोलमा एशियाली देशका सफल व्यवसायिक व्यक्तित्वहरुलाई ‘एशियन प्रोफेशनल एचिभमेन्ट अवार्ड २०२३’ को चौथो संस्करण विषयक सम्मान तथा अवार्ड वितरण कार्यक्रम आयोजना गरेको हो।

समारोहमा २० जना राष्ट्रिय व्यवसायिक र आठ जना अन्तर्राष्ट्रिय व्यक्तित्वलाई सम्मान तथा पुरस्कार वितरण गरिएको सिजन मिडियाले जनाएको छ।

मिडियाको स्थापना दिवसको अवसरमा नुवाकोटका पर्यटन व्यवसायी सुमन पाण्डे ‘पर्यटन नेतृत्व पुरस्कार’ बाट पुरस्कृत भएका छन्। पर्यटन र होटल व्यवसायमा पुर्‍याएको योगदानको कदर गर्दै उनलाई अवार्ड प्रदान गरिएको हो ।

कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र शहरी विकास मन्त्री सीता गुरुङले संयुक्तरुपमा अवार्ड तथा प्रमाणपत्र प्रदान गरी सम्मान गरेका थिए।


प्रकाशित : शुक्रबार, कात्तिक ३ २०८००८:१४
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend