सोमबार, जेठ ५ गते २०८२    
सोमबार, जेठ ५ २०८२
images
images

कोशी, बागमती र गण्डकीमा अझै हल्का वर्षाको सम्भावना

images
बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, कात्तिक ३ २०८०
images
कोशी, बागमती र गण्डकीमा अझै हल्का वर्षाको सम्भावना

यसैगरी देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने मौसम पुर्वानुमान महाशाखाले जनाएको छ।

images
images

काठमाडौं- हाल नेपालमा पश्चिमी वायुको आंशिक असर रहेको छ। हाल देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

images
images
images

मौसमविद् शान्ति कँडेलका अनुसार आज दिउँसो देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ। उनका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको भए पनि अन्य ठाउँमा मौसम सफा रहने छ।

images
images

काठमाडौँको अहिलेको वायुको तापक्रम १८ डिग्री सेन्टिग्रेड रहेको तथा पारदर्शिता सात किलोमिटरभन्दा धेरै रहेको मौसम पूूर्वानुमान महाशाखाले जनाएको छ।

images
images

आज काठमाडौँमा अधिकतम तापक्रम २४ देखि २६ डिग्री सेन्टिग्रेडको बीचमा रहने सम्भवना रहेको छ। यसैगरी देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने मौसम पुर्वानुमान महाशाखाद्वारा प्रकाशित बुलेटिनमा उल्लेख छ। रासस


प्रकाशित : शुक्रबार, कात्तिक ३ २०८००६:१३
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend