सोमबार, जेठ ५ गते २०८२    
सोमबार, जेठ ५ २०८२
images
images

भारतद्वारा चिनी निर्यातमा प्रतिबन्धको निरन्तरता 

images
बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , कात्तिक २ २०८०
images
भारतद्वारा चिनी निर्यातमा प्रतिबन्धको निरन्तरता 

यद्यपि यो प्रतिबन्ध युरोप र अमेरिकाका लागि लागू नहुने भएको छ। गएको वर्ष नै कोटा निर्धारण भएको थियो। 

images
images

काठमाडौं- भारतले सरकारले चिनी निर्यातमा लगाएको प्रतिबन्धलाई निरन्तरता दिएको छ। यसअघि अक्टोबर ३१ सम्मका लागि भनेर प्रतिबन्ध लगाएको भारतले अर्को सूचना नभएसम्मका लागि प्रतिबन्धलाई निरन्तरता दिएको हो।

images
images
images

भारतीय वैदेशिक व्यापार निर्देशनालयले सूचना जारी गर्दै विभिन्न प्रकारका सुगरको निर्यातमा लागेको प्रतिबन्धलाई निरन्तरता दिएको जनाएको छ। 

images
images

यद्यपि यो प्रतिबन्ध युरोप र अमेरिकाका लागि लागु नहुने भएको छ। गएको वर्ष नै कोटा निर्धारण भएको थियो। 

images
images

चिनी निर्यातमा भारतले लगाएको प्रतिबन्ध अक्टोबर अन्त्यसँगै खुल्ने र त्यसपछि नेपाली बजारको व्यवस्थापन सहज हुने अनुमान गरिएको थियो। तर भारतले निर्यातमा प्रतिबन्धको निरन्तरता दिएसँगै कठिन हुने देखिएको छ।

तिहार र छठजस्ता पर्वमा चिनीको उच्च माग हुने गर्छ। दसैँमै चिनीको माग व्यवस्थापन हुन नसक्दा समस्या भएको छ। 


प्रकाशित : बिहीबार , कात्तिक २ २०८०१०:१७
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend