शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

कुरिनटारमा दीगो ग्रुपको ‘चार्ज प्वाइन्ट’

सोमबार, मंसिर ६ २०७८
कुरिनटारमा दीगो ग्रुपको ‘चार्ज प्वाइन्ट’

कम्पनीले कुरिनटारमा ३० किलोवाट क्षमताको डीसी फास्ट चार्जर जडान गरेको छ।

काठमाडौं- दीगो ग्रुप अफ कम्पनीज्ले चितवनको कुरिनटारमा विद्युतीय सवारीको चार्जिङ स्टेसन सञ्चालनमा ल्याएको छ। ‘दीगो चार्ज प्वाइन्ट’ ब्रान्ड नाम दिएको उक्त चार्ज प्वाइन्ट आइतबारबाट सञ्चालनमा आएको हो। 

कम्पनीले कुरिनटारमा ३० किलोवाट क्षमताको डीसी फास्ट चार्जर जडान गरेको छ। यो चार्जरले पृथ्वी राजमार्ग तथा भरतपुर आसपासमा चल्ने दीगो ग्रुपले नेपाल ल्याएका विद्युतीय सवारीलाई लक्षित गरिएको कम्पनीको भनाइ छ। 

चार्ज प्वाइन्टको उद्घाटन विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रका इन्जिनियर विनोद सापकोटा, दीगो ग्रुप अन्तर्गतको एनईभी नेपाल प्रालिका प्रमुख कार्यकारी अघिकृत दिपक थापालगायतले गरेका हुन्। 

विद्युतीय सवारी वातावरणमैत्री हुनुका साथै नेपालमै उत्पादिन विद्युत् खपत गर्ने भएकाले यसको प्रयोग बढाउँदै जानु पर्ने प्राधिकर भरतपुर वितरण केन्द्रका इन्जिनियर विनोद सापकोटाले बताए। ‘हामीले विद्युतको बजार खोजिरहेका छौं। यो समयमा विद्युतीय सवारीलाई प्रवद्र्धन गरेर प्रयोग बढाउने हो भने हाम्रा लागि यो राम्रो बजार हुनसक्छ,’ उनले भने, ‘यस तर्फ हामी सबैले ध्यान दिनुपर्ने बेला भइसकेको छ।’ 

निजी प्रयोजनका साथै सार्वजनिक सवारीका रुपमा पनि विद्युतीय सवारी प्रयोगमा दीगो ग्रुप केन्द्रित भएको एनईभी नेपाल प्रालिका सीईओ थापाले बताए। ‘अबको समय विद्युतीय सवारीकै हो। हामीले निजीका साथै सार्वजनिक प्रयोजनका विद्युतीय सवारीलाई समेत उच्च प्राथमिकता दिएका छौं,’ उनले भने, ‘त्यही योजना अनुसार सिन्धुलीको मुलकोटपछि यहाँ चितवनको कुरिनटारमा चार्ज प्वाइन्ट स्थापना गरेका हौं।’ 

theego kurintar1.jpegविद्युतीय सवारीका लागि ठाउँ ठाउँमा चार्ज प्लाइन्ट चाहिने भनेकाले कम्पनीले नै बनाइरहेको उनको भनाइ छ। पोखरा, चितवनलगायत क्षेत्रमा विद्युतीय बस सञ्चालन पूर्व नै दीगो ग्रुपले चार्ज प्वाइन्ट स्थापना गरेको हो। 

फास्ट चार्जरले विद्युतीय माइक्रो बसहरुलाई बीच बाटोमै चार्ज गर्ने सुविधा दिएर एकै दिनमा धेरै खेप यात्रु ओसार्ने सक्ने दीगोको भनाइ छ। त्यस्तै निजी प्रयोजनका विद्युतीय सवारी प्रयोगकर्ताले समेत लामो यात्र गर्दा चार्ज सकिने भय अब राख्न जरुरी नरहेको कम्पनीको जिकिर छ। 

दीगो समूहले नेपाली बजारमा करिब आधा दर्जन ब्रान्डका विद्युतीय सवारी उपलब्ध गराउँदै आएको छ। समूहले दीगो ब्रान्डका कार, सीएचटीसी ब्रान्डका ठूला बस, जेएसी ब्रान्डको पिकअप, डीएफएसके ब्रान्डको माइक्रोबस तथा भ्यान, जोयलङ ब्रान्डको २० सिट क्षमताको माइक्रोबस र कियता ब्रान्डको लाइट कमर्सियल गाडी उपलब्ध गराएको छ।

कुरिनटारमा राखिएको चार्ज प्वाइन्ट ३० किलोवाट क्षमताको हो। यो जीबी-टी टाइपको चार्जर भएकाले दीगो ग्रुपले नेपाल ल्याएका सबै सवारीलाई चार्ज गर्न मिल्छ। यसका साथै नेपालमा उपलब्ध अन्य केही ब्रान्डका विद्युतीय सवारीलाई समेत त्यहाँ चार्ज गर्न मिल्ने कम्पनीेले जनाएको छ। 


प्रकाशित : सोमबार, मंसिर ६ २०७८०८:४२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend