बुधबार, वैशाख २४ गते २०८२    
बुधबार, वैशाख २४ २०८२
images
images

१४ अर्ब ८१ करोडको ट्रेजरी बिल बिक्री गर्दै राष्ट्र बैंक

images
बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, मंसिर ६ २०७८
images
१४ अर्ब ८१ करोडको ट्रेजरी बिल बिक्री गर्दै राष्ट्र बैंक
images
images

काठमाडौं- नेपाल राष्ट्र बैंकले १४ अर्ब ८१ करोड ३२ लाख रुपैयाँको ट्रेजरी बिल बिक्री गर्ने भएको छ। बैंकले ९१ दिन अवधिको दुई अर्ब २३ करोड ३२ लाख, १८२ दिन अवधिको १२ अर्ब ४७ करोड तथा ३६४ दिन अवधिको ११ करोड रुपैयाँको ट्रेजरी बोलकबोलमार्फत बिक्री गर्न लागेको हो।

images
images
images

बैंकका अनुसार ९१ दिने ट्रेजरी आगामी फागुन १० गते, १८३ दिने ट्रेजरी २०७९ जेठ १० तथा ३६४ दिने ट्रेजरी २०७९ मङ्सिर ६ गते परिपक्व हुनेछ। यसअघि यही कात्तिक २९ मा बैंकले रु ११ अर्ब ८५ करोड ५० लाखको ट्रेजरी बिक्री गरेको थियो।
 
ऋणपत्रको बोलकबोल अनलाइनमार्फत आज अपराह्न २ बजे खुला हुने बैंकले जनाएको छ। बोलकबोलमा सहभागी हुनेमध्ये सर्वाधिक अङ्क कबोल गर्नेलाई राष्ट्र बैंकले मङ्गलबार ट्रेजरी बिल जारी गर्नेछ। राष्ट्र बैंकले सरकारलाई आवश्यकपर्ने अल्पकालीन ऋण उठाउन बोलकबोल प्रक्रियामार्फत प्रत्येक हप्ता यस्ता ऋणपत्र बिक्री गर्दछ। रासस

images
images


प्रकाशित : सोमबार, मंसिर ६ २०७८०७:३०
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend