बिहीबार , जेठ १ गते २०८२    
बिहीबार , जेठ १ २०८२
images
images

पहिलो त्रैमासमा सरकारी खाता ४६ अर्बले घाटामा, २ खर्ब ३४ अर्ब आम्दानी गर्दा २ खर्ब ८० अर्ब खर्च

images
बुधबार, कात्तिक १ २०८०
images
पहिलो त्रैमासमा सरकारी खाता ४६ अर्बले घाटामा, २ खर्ब ३४ अर्ब आम्दानी गर्दा २ खर्ब ८० अर्ब खर्च

चालु आर्थिक वर्ष गैरकर राजस्वबाट १ खर्ब ३० अर्ब रूपैयाँ उठाउने लक्ष्य राखेकोमा लक्ष्यको १६.७९ प्रतिशत असुली भएको छ।

images
images

काठमाडौं- सरकारी खर्चको तुलनामा आम्दानी कम भएपछि चालु आर्थिक वर्षको पहिलो त्रैमासमा संघीय सञ्चित कोष ४६ अर्बले घाटामा देखिएको छ। सरकारले यस अवधिमा २ खर्ब ३४ अर्ब कुल प्राप्ति गर्दा २ खर्ब ८० अर्ब रूपैयाँ खर्च गरेको छ।

images
images
images

उक्त घाटा सरकारले आन्तरिक ऋणमार्फत व्यवस्थापन गरेको छ। चालु आर्थिक वर्षको पहिलो त्रैमासमा सरकारले करिब १ खर्ब रूपैयाँ आन्तरिक उठाइसकेको छ। सरकारले बजेटमार्फत यस आर्थिक वर्ष २ खर्ब ४० अर्ब रूपैयाँ आन्तरिक ऋण उठाउने लक्ष्य राखेको छ।

images
images

सरकारले यस अवधिमा कर राजस्वबाट १ खर्ब ९९ अर्ब अर्थात् लक्ष्यको १५.२८ प्रतिशत असुली गरेको छ। गत आर्थिक वर्षको यसै अवधिमा १ खर्ब ८९ अर्ब रूपैयाँ अर्थात् लक्ष्यको १४.६२ प्रतिशत कर राजस्व प्राप्त गरेको थियो।

images
images

गैरकर राजस्वबाट १९ अर्ब ६५ करोड रूपैयाँ राजस्व असुली गरेको छ। चालु आर्थिक वर्ष गैरकर राजस्वबाट १ खर्ब ३० अर्ब रूपैयाँ उठाउने लक्ष्य राखेकोमा लक्ष्यको १६.७९ प्रतिशत असुली भएको छ।

सरकारले गत आर्थिक वर्ष गैरकर राजस्वबाट १ खर्ब ७ अर्ब रूपैयाँ असुल गर्ने लक्ष्य राखेकोमा पहिलो त्रैमासमा १९ अर्ब २० करोड रूपैयाँ असुलउपर गरेको थियो।

सरकारले चालु आर्थिक वर्षको तीन महिनामा कर तथा गैरकर राजस्वबाट २ खर्ब १९ अर्ब रूपैयाँ राजस्व संकलन गरेको छ। गत आर्थिक वर्षको यसै अवधिमा उक्त दुई शीर्षकबाट २ खर्ब ८ अर्ब रूपैयाँ राजस्व संकलन गरेको महालेखा नियन्त्रक कार्यालयको तथ्यांकले देखाएको छ। जुन आर्थिक वर्ष २०७९/८० को तुलनामा ११ अर्ब अर्थात ५ प्रतिशतले बढी हो।

गत आर्थिक वर्ष वैदेशिक अनुदानबाट ८ अर्ब रूपैयाँ शोधभर्ना लिएकोमा चालु आर्थिक वर्ष ६ करोड १८ लाख रूपैयाँ मात्रै लिएको छ। चालु आर्थिक वर्षको सरकारले अन्य प्राप्तिमार्फत १५ अर्ब ४५ करोड रूपैयाँ प्राप्ति गरेको छ। गत आर्थिक वर्षको यसै अवधिमा सरकारले २२ अर्ब ७५ करोड रूपैयाँ अन्य प्राप्तिमार्फत आम्दानी गरेको थियो।

सरकारले यस अवधिमा कुल प्राप्ति २ खर्ब ३४ अर्ब गरेको छ। जुन गत वर्षको तुलनामा करिब २ अर्बले बढी हो। गत आर्थिक वर्षको यस अवधिमा सरकारले २ खर्ब ३२ अर्ब रूपैयाँ कुल प्राप्ति गरेको थियो। 

सरकारको खर्च पनि गत वर्षको तुलनामा २ अर्बले बढेको छ। गत आर्थिक वर्ष २ खर्ब ७८ अर्ब रूपैयाँ कुल खर्च गरेकोमा चालु आर्थिक वर्ष २ खर्ब ८० अर्ब रूपैयाँ गरेको छ। चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म चालु खर्चतर्फ २ खर्ब १३ अर्ब, पुँजीगत खर्च १७ अर्ब ८३ करोड रूपैयाँ र वित्तीय व्यवस्थातर्फ ४९ अर्ब ३५ करोड रूपैयाँ खर्च गरेको छ। 


प्रकाशित : बुधबार, कात्तिक १ २०८०१२:१२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend