सोमबार, जेठ ५ गते २०८२    
सोमबार, जेठ ५ २०८२
images
images

किसानलाई धान भित्र्याउने चटारो

images
सोमबार, असोज २९ २०८०
images
किसानलाई धान भित्र्याउने चटारो

यहाँका किसानले खुमल-६, खुमल-११, स्थानीय जातको ताइचिन र मन्सुलीका साथै डिवाई हाइब्रिड धान लगाउँदै आएका छन्। बढी फल्ने भएपछि किसान हाइब्रिड धानतर्फ आकर्षित भएका हुन्। यो धान एक रोपनी खेतमा १२ देखि १४ मुरीसम्म फल्छ।

images
images

भादगाउँ- भक्तपुरका किसानलाई यतिखेरि धान भित्र्याउन चटारो छ। एकातिर किसानका घरआँगन, कौसी तथा चोकचोकमा धान सुकाउनेको लर्को लागेको छ भने अर्कोतर्फ कोही खेतमा पाकेर पहेँलपुर भएको धान काट्ने, झार्ने र घर ल्याउने कार्यमा व्यस्त छन्।

images
images
images

केही दिनअघिको वर्षाले गर्दा डराएका किसान पुनः त्यस्तै वर्षा भई पाकेर पहेँलपुर भएको धानमा क्षति हुन्छ कि भन्ने आशंकाले पनि धान भित्र्याउन चटारो परेको बताउँछन्।

images
images

धान खेती हुने क्षेत्रहरु मनोहरा, हनुमन्ते र खस्याङ खुसुङ आसपास, सुडाल, ताथली, दुवाकोट, चाँगुनारायण, बागेश्वरी, छालिङ, सिपोडोल, सिरुटार, दधिकोट, गुण्डुलगायत स्थानमा धान काट्न किसानलाई भ्याइनभ्याइ छ। भक्तपुर नगरका नपुखु क्षेत्र, ल्योसिख्यो, भीमसेनस्थान, बाराहीस्थान, भाजुपोखरीको डिललगायत सम्पदा क्षेत्र, विद्यालयको चौर र बाटामा पनि किसान धान सुकाउने कार्यमा व्यस्त देखिन्छ।

images
images

यहाँका किसानले खुमल-६, खुमल-११, स्थानीय जातको ताइचिन र मन्सुलीका साथै डिवाई हाइब्रिड धान लगाउँदै आएका छन्। बढी फल्ने भएपछि किसान हाइब्रिड धानतर्फ आकर्षित भएका हुन्। यो धान एक रोपनी खेतमा १२ देखि १४ मुरीसम्म फल्छ।

भक्तपुर देशकै औसतमा उच्च धान फल्ने जिल्ला भए पनि बढ्दो आवादीका कारण खेतीयोग्य जमिन घटेसँगै धान खेती पनि घट्दै गएको छ। हाल जिल्लामा दस हजार दुई सय ४० हेक्टर खेतीयोग्य जमिन छ। तीमध्ये तीन हजार नौ सय २४ हेक्टर जमिनमा धानखेती गरिने र वार्षिक १९ हजार सातसय मेट्रिकटन धान उत्पादन हुने जिल्ला कृषि कार्यालयले जनाएको छ। रासस


प्रकाशित : सोमबार, असोज २९ २०८००८:१४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend