शुक्रबार, फागुन २ गते २०८१    
शुक्रबार, फागुन २ २०८१
images
images

ठूला आयोजनामा सहयोग गर्न विश्व बैंकलाई आग्रह

images
बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, भदौ २२ २०७८
images
images
ठूला आयोजनामा सहयोग गर्न विश्व बैंकलाई आग्रह

विश्व बैंकका नेपालका लागि राष्ट्रिय निर्देशक फारिस हादाद जर्भोससँग गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रदेशको गरिबी, बेरोजगारी र असमानताको अन्त्यका लागि विश्व बैंक सहयात्री बन्ने विश्वास व्यक्त गरेका छन्। 

images
images

पोखरा-  विश्व बैंकका नेपालका लागि राष्ट्रिय निर्देशक फारिस हादाद जर्भोससँग गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रदेशको गरिबी, बेरोजगारी र असमानताको अन्त्यका लागि विश्व बैंक सहयात्री बन्ने विश्वास व्यक्त गरेका छन्। 

images
images
images

विश्व बैंकले नेपालको समग्र विकासमा पुर्‍याउँदै आएको सहयोगप्रति आभार व्यक्त गर्दै उनले आगामी दिनमा अझ धेरै सहयोग हासिल हुने विश्वास व्यक्त गरे।

images
images

गरिबीको अन्त्य र साझा समृद्धिका लागि क्रियाशील विश्व बैंकले नेपालको विकासमा पुर्‍याउँदै आएको सहयोगको स्मरण र प्रशंसा गर्दै मुख्यमन्त्री पोखरेलले गण्डकी प्रदेशको विकासमा पनि योगदान दिएको प्रति धन्यबाद व्यक्त गरे। 

images
images
images

प्रदेशको अर्थतन्त्रको आकार सानो रहेको भन्दै उनले यसले मुलुकको ग्राहस्थ उत्पादनमा जम्मा आठ प्रतिशत योगदान गर्ने जानकारी दिए। राजश्व परिचालन दुईदेखि तीन अर्ब रूपैयाँको बीचमा रहेको र प्रदेशमा आर्थिक क्रियाकलाप कम भएकाले स्रोत परिचालन न्यून रहेको उनको भनाइ छ। 

सीमित स्रोत साधन र विविध चुनौतीका बीच प्रदेशले आफ्ना सोच, लक्ष्य र प्राथमिकता निर्धारण गरी अगाडि बढेको अवस्थामा कोभिड महामारीले आर्थिक, सामाजिक अवस्थालाई असर पारेको उनले बताए। सुदृढ र आधुनिक यातायात सञ्जालले समृद्धिको मार्गप्रशस्त गर्ने भन्दै उनले प्रदेश राजधानी पोखराबाट बागमती वा लुम्बिनी प्रदेश भएर मात्र यसै प्रदेशको एक जिल्ला नवलपुर पुग्नुपर्ने बाध्यता रहेको जानकारी दिए। 

हिमाली जिल्लामा समेत प्रभावकारी यातायात सञ्जाल विकास गर्न नसकिएको उल्लेख गर्दै उनले प्रदेशको यातायातको सम्पर्क सञ्जाल प्रभावकारी बनाउन विश्व बैंकले मद्दत गर्ने विश्वास व्यक्त गरे।

मुस्ताङको कोरलानाकाबाट पोखरा, भीमाद, झ्यालबास हुँदै त्रिवेणी जोड्ने सडकलाई कम्तीमा दुई लेनको डेडिकेटेड सडकका रूपमा विकास गर्न सकेमा यो प्रदेशको स्वरूप नै फेरिने र यो मार्ग गण्डकी प्रदेशको समृद्धि मार्गका रूपमा रहने उनले बताए। 

विश्व बैंकका नेपालका लागि राष्ट्रिय निर्देशक फारिस हादाद जर्भोसले नेपालको सङ्घीयता सुदृढीकरणका लागि विश्व बैंक सदा अग्रसर रहेको बताए। कनेक्टिभिटीलाई आफूहरूले प्राथमिकतामा राखेर सहयोग गर्दै आएको भन्दै उनले मुस्ताङलगायत जिल्लामा उत्पादित अग्र्यानिक सामग्रीको ब्राण्डिङ र बजारीकरण लगानी गर्न तयार रहेको बताए। भेटवार्तामा विश्व बैंक र एसियाली विकास बैंकका प्रतिनिधि, प्रदेशका प्रमुख सचिव डा दामोदर रेग्मी, प्रदेश नीति तथा योजना आयोग उपाध्यक्ष डा रघुराज काफ्ले, मुख्यमन्त्रीका राजनीतिक सल्लाहकार खड्गबहादुर कमाललगायतको उपस्थिति थियो। रासस


प्रकाशित : मंगलबार, भदौ २२ २०७८०६:४४
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend