शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

मनाङ एयरको एओसी निलम्बन गर्दै प्राधिकरण

शनिबार, असोज २७ २०८०
मनाङ एयरको एओसी निलम्बन गर्दै प्राधिकरण

काठमाडौं- नेपाल नागरिक उड्डयन प्राधिकरणले मनाङ एयरको एओसी (एयर अपरेटर सर्टिफिकेट) निलम्बन गर्ने भएको छ।

आज शनिबार बिहान सोलुखुम्बुको लोबुचेमा मनाङ एयरको हेलिकप्टर दुर्घटनाग्रस्त भएको थियो। यसअघि पनि ११ जुलाईमा मनाङ एयरको नाइन एन-एएमभी कलसाइनको हेलिकप्टर दुर्घटना भएको थियो।

यसरी छोटो अवधिमा पटकपटक हेलिकप्टर दुर्घटना भएको मनाङ एयरको खराब उडान सुरक्षाको कारण देखाउँदै उड्डयन प्राधिकरणले एओसी निलम्बन गर्न लागेको हो। 

आज भएको दुर्घटनामा पाइलट प्रकाश सेढाइ घाइते भएका छन्। पाइलटलाई उद्धार गरी उपचारका लागि काठमाडौं ल्याइसकिएको छ। यात्रु लिन गएको हेलिकप्टर अवतरणको क्रममा अनियन्त्रित भइ दुर्घटना भएको थियो। हेलिकप्टरमा पाइलट मात्रै थिए। घाइते पाइलट अहिले खतरामुक्त छन्।

योसँगै मनाङ एयरको हेलिकप्टर सकिएको छ। यसअघि ११ जुलाईमा नाइन एन-एएमभी कलसाइनको हेलिकप्टर दुर्घटना हुँदा हेलिकप्टरमा सवार पाइलटसहित ६ जनाको मृत्यु भएको थियो। छोटो अवधिमा पटकपटक हेलिकप्टर दुर्घटना हुँदा यसले हवाई उड्डयनमा नै असर गर्ने भन्दै प्राधिकरणले मनाङ एयरको एओसी नै निलम्बन गर्ने तयारी गरेको हो। 


प्रकाशित : शनिबार, असोज २७ २०८००५:२७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend