मंगलबार, जेठ ६ गते २०८२    
मंगलबार, जेठ ६ २०८२
images
images

संसदमा पेस भयो सम्पत्ति शुद्धीकरण संशोधन विधेयकसम्बन्धी प्रतिवेदन

images
बिहीबार , असोज २५ २०८०
images
संसदमा पेस भयो सम्पत्ति शुद्धीकरण संशोधन विधेयकसम्बन्धी प्रतिवेदन

सम्पत्ति शुद्धीकरण संशोधन विधेयकसम्बन्धी प्रतिवेदन संसदमा पेस भएको छ।

images
images

काठमाडौं- प्रतिनिधिसभामा ‘सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ) निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धनसम्बन्धी केही ऐनलाई संशोधन गर्ने विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८०’ पेस भएको छ।

images
images
images

प्रतिनिधिसभाको आजको बैठकमा कानून, न्याय तथा मानवअधिकार समितिका सभापति विमला सुवेदीले समितिले दफावार छलफल गरी तयार गरेको उक्त प्रतिवेदन पेस गरेकी हुन्।

images
images

गत बैशाख १५ गतेको बैठकमा प्रतिनिधिसभा नियमावलीअनुरुप दफावार छलफलका लागि समितिमा पठाइयोस् भन्ने प्रस्ताव पारित भएपछि कानून, न्याय तथा मानवअधिकार समितिमा पठाइएको थियो। उक्त विधेयक समितिमा प्राप्त भएपछि गत जेठ ८ गतेको बैठकमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले विधेयक प्रस्तुत गरेका थिए।

images
images

गत भदौ १९ गते समितिले ११ सदस्यीय उपसमिति गठन गरी विधेयकबारे सरोकारवालासँग छलफल गरेर प्रतिवेदन तयार गरेको थियो। उपसमितिको प्रतिवेदन समितिमा पेस भएर छलफल भइ असोज २४ गतेको बैठकमा उपसमितिको प्रतिवेदन र उक्त विधेयकमाथि छलफल भई समितिबाट पारित भएको थियो।

सभापति सुवेदीले विधेयक पारित भएपछि हालको १९ वटा ऐनमा संशोधन भई सम्पत्ति शुद्धीकरण निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धनमा कानूनी सुधार आउनुका साथै सम्पत्ति शुद्धीकरणका निम्ति नेपालको कानून अन्तर्राष्ट्रियस्तरको हुने र यसले राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा सकारात्मक सन्देश जाने विश्वास व्यक्त गरिन्।

प्रतिनिधिसभाको अर्को बैठक भोलि शुक्रबार दिउँसो २ बजे बस्नेछ। रासस


प्रकाशित : बिहीबार , असोज २५ २०८०१०:४१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend