शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

मौसममा सुधार आएसँगै ५ दिनपछि मन्थलीबाट लुक्ला उडान सुरु

बिहीबार , असोज २५ २०८०
मौसममा सुधार आएसँगै ५ दिनपछि मन्थलीबाट लुक्ला उडान सुरु

सफा मौसममा दैनिक ४० भन्दा बढी उडान हुने गरेको लुक्ला विमानस्थलमा आज तारा एयरले १५ वटा उडान गर्ने तालिका रहेको तारा एयरका प्रवक्ता सुदर्शन बर्तौलाले जानकारी दिए।

काठमाडौं- मौसममा सुधार आएसँगै रामेछापको मन्थलीबाट लुक्ला उडान सुरु भएको छ। मौसम खराबीका कारण पाँच दिनेदेखि ठप्प भएको मन्थली–लुक्ला उडान आजदेखि सुरु भएको हो। उडान सुरु भएसँगै पाँच दिनदेखि रामेछापमा अलपत्र परेका पर्यटकहरु लुक्लातर्फ जान थालेका छन्। 

सफा मौसममा दैनिक ४० भन्दा बढी उडान हुने गरेको लुक्ला विमानस्थलमा आज तारा एयरले १५ वटा उडान गर्ने तालिका रहेको तारा एयरका प्रवक्ता सुदर्शन बर्तौलाले जानकारी दिए। प्रतिकूल मौसमका कारण उडान ठप्प हुँदा केही पर्यटकहरु फाप्लुको उडानमार्फत हिँडेरै लुक्ला हुँदै सगरमाथा क्षेत्रमा लागेका थिए भने केही हेलिकप्टरमार्फत गन्तव्यतर्फ लागेका थिए। आज मौसम खुलेसँगै उडान सहज भएको छ।

विगतमा काठमाडौंबाट लुक्लाका लागि हुने गरेका उडानहरु केही वर्षदेखि रामेछापबाट हुँदै आएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणले रामेछाप-लुक्ला उडानका लागि आवश्यक पूर्वाधारहरु बनाएसँगै उडानहरु सहज भएको छ।

साथै थप सुधारका कामहरु हुँदै आएका छन्। लुक्लाबाट उडान गर्ने वायुसेवा कम्पनीहरुले रामेछाप र लुक्लामा तत्कालका लागि ब्यागेज एक्सरे मेसिनको माग गरेका छन्। हाल यी विमानस्थलहरुमा एक्सरे मेसिन नहुँदा ब्यागेज तथा सरसामानहरु हातैले खानतलासी गर्नुपरेको छ। यसले गर्दा समय बढी लाग्ने र पर्यटकले मिलाएर ल्याएका सामान पुन: प्याक गर्नुपर्दा झन्झटिलो हुने गरेको छ। यस विमानस्थलबाट तारा, समिट र सीता एयरले उडान गर्दै आएका छन्।


प्रकाशित : बिहीबार , असोज २५ २०८००५:१०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend