मंगलबार, वैशाख ३० गते २०८२    
मंगलबार, वैशाख ३० २०८२
images
images

अब नयाँ क्यासिनो दर्ता अनुमति लिँदा सीमा नाकाबाट ५ किलोमिटरभन्दा बाहिर हुनुपर्ने

images
बुधबार, असोज २४ २०८०
images
अब नयाँ क्यासिनो दर्ता अनुमति लिँदा सीमा नाकाबाट ५ किलोमिटरभन्दा बाहिर हुनुपर्ने
images
images

काठमाडौं- कानून, न्याय तथा मानव अधिकार समितिले सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धनसम्बन्धी केही ऐनलाई संशोधन गर्न बनेको विधेयक पारित गरेको छ।

images
images
images

समितिको बुधबार सिंहदबारमा बसेको बैठकले विधेयक पारित गरेको समितिका सचिव अधिराज राईले बताए। समितिलाई मंगलबार उपसिमितिले बुझाएको प्रतिवेदनमाथि छलफल गरी बुधबार समितिले पारित गरेको हो।

images
images

क्यासिनो सञ्चालनको विषय परिमार्जनसहित पारित भएको छ। पारित विधेयकमा सीमा नाकाबाट ५ किलोमिटरभित्र क्यासिनो सञ्चालन गर्न नपाउने व्यवस्था गरिएको छ। यसअघि ३ किलोमिटरको सीमा रहेको थियो। सचिव राईका अनुसार अहिले नै अनुमति लिएर सञ्चालन गरेकाको हकमा भने यो नियम लागु नहुने र नयाँको हकमा मात्रै लागु हुने छ।

images
images

उपसमितिले बुझाएको प्रतिवेदनमा उल्लेख भएको सहकारीको विषयमा विधेयकको सहकारी ऐन, २०७४ को दफा ५२ (दफा १८ को उपदफा २ झिक्ने) मा व्यक्तिगत बचतको अधिकतम सीमा २५ लाख हुनेगरी प्रस्ताव भएको विषय हटाउने गरी सहमति भएको उनले जानकारी दिए।


प्रकाशित : बुधबार, असोज २४ २०८०१०:१५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend