शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

नेपाली विद्यार्थी लिन निगमको वाइडबडी जहाज आज इजरायल जाँदै

बुधबार, असोज २४ २०८०
नेपाली विद्यार्थी लिन निगमको वाइडबडी जहाज आज इजरायल जाँदै

काठमाडौं- इजरायलमा रहेका नेपाली विद्यार्थीको उद्धारका लागि नेपाल वायु सेवा निगमको जहाज इजरायल जाने भएको छ। निमग प्रवक्ता रमेश पौडेलका अनुसार निगमको वाइडबडी जहाज बुधबार राती उड्ने तय भएको छ।

जहाज दुबई हुँदै इजरायल जाने उनले जानकारी दिए। सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले इजरायलमा रहेका नेपाल आउन चाहने विद्यार्थीलाई जहाज चार्टर गरेर ल्याउने निर्णय गरेको थियो। सोही निर्णयअनुसार जहाज त्यहाँ जान लागेको हो।

दक्षिण इजरायलको किबुज अलुमिया भन्ने स्थानमा प्यालेष्टाइनको हमास समूहले गरेको आक्रमणमा परी अहिलेसम्म १० नेपाली विद्यार्थीको मृत्यु भएको पुष्टि भइसकेको छ। सरकारले यस घटनामा निधन भएका नेपालीहरुको परिवारलाई राहतस्वरप प्रतिपरिवार दश लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरिसकेको छ।

इजरायलस्थित नेपाली दूतावासले स्वदेश फर्कन चाहने नेपालीहरुको विवरण अनलाइन प्रणालीमार्फत संकलन गरिरहेको छ। स्वदेश फर्कन चाहने इजरायलमा रहेका नेपालीहरुले उक्त प्रणालीमा आफ्नो विवरण प्रविष्ट गर्न सक्नेछन्।


प्रकाशित : बुधबार, असोज २४ २०८००८:२०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend