शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

बुद्ध एयर २७औँ वर्षमा : २६ वर्षमा २ करोडभन्दा बढी यात्रु बोक्यो

बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, असोज २४ २०८०
बुद्ध एयर २७औँ वर्षमा : २६ वर्षमा २ करोडभन्दा बढी यात्रु बोक्यो

बुद्ध एयर निजीतर्फकै अगुवा एयरलाइन्स कम्पनी हो। हाल बुद्ध एयरसँग ३ वटा एटीआर-४२ तथा १३ वटा एटीआर-७२ जहाज रहेका छन्। एटीआर जहाज यात्रुमैत्री हुनुका साथै वातावरणमैत्री जहाज हुन्।

काठमाडौं- नेपालको अग्रणी निजी क्षेत्रको वायुसेवा कम्पनी २६ वर्ष पूरा गरि २७औँ वर्षमा प्रवेश गरेको छ। २६ वर्षमा बुद्धले २ करोडभन्दा बढी यात्रुलाई सेवा दिएको जनाएको छ।  

नेपाली आकाशमा सानो १८ सिटे जहाजबाट उडान सुरु भरेको बुद्ध एयर आज २६ वर्ष पूरा गरी २७ औं वर्षमा प्रवेश गरेको हो। यस अवधिमा बुद्ध एयरबाट २ करोडभन्दा बढी स्वदेशी तथा विदेशी यात्रुले सेवा प्राप्त गरिसकेका छन्।

बुद्ध एयर निजीतर्फकै अगुवा एयरलाइन्स कम्पनी हो। हाल बुद्ध एयरसँग ३ वटा एटीआर-४२ तथा १३ वटा एटीआर-७२ जहाज रहेका छन्। एटीआर जहाज यात्रुमैत्री हुनुका साथै वातावरणमैत्री जहाज हुन्।

बुद्ध एयरले अक्टोबर महिनाभित्रै थप अर्को एटीआर जहाज भित्र्याउन लागेको छ। योसँगै बुद्ध एयरको जहाज सङ्ख्या १७ पुग्नेछ।

जहाज मर्मतसम्भारका लागि बुद्ध एयरसँग अत्याधुनिक ह्यांगर रहेको छ, जुन दक्षिणपूर्वी एसियाकै उत्कृष्टमध्ये एक हो। यो ह्यांगर विदेशबाट पनि पुरस्कृत भइसकेको छ।

बुद्ध एयरले आफ्ना जहाज मात्रै मर्मतसम्भार नगरी स्वदेशी तथा विदेशी कम्पनीहरुलाई पनि सेवा दिइरहेको छ। वातावरणमैत्री जहाजका साथै हवाई कम्पनीमा कार्यरत टेक्निकल, पाइलट तथा ग्राउन्ड अपरेसन टिमका आफ्ना जनशक्तिलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय नियमनकारी निकायको आवश्यकताअनुसार निरन्तर क्षमता अभिवृद्धि गरिरहेको बुद्ध एयरका कार्यकारी अध्यक्ष वीरेन्द्र बहादुर बस्नेतले बताएका छन्।

buddha air.jpg

उनी थप्छन्, ‘बुद्ध एयरको उडान सेवालाई प्रभावकारी बनाउन राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाबाट नियमित अडिट एवम् मूल्यांकन गराउँदै आएका छौं।’ बुद्ध एयरले ‘यात्रुको समय हाम्रो उडान’ भन्ने मन्त्रका साथ विभिन्न गन्तव्यमा उडान सङ्ख्या अभिवृद्धि गरेको छ।

पोखराका लागि दैनिक १७, विराटनगर तथा भैरहवाका लागि क्रमशः ९ र १० उडान भरिरहेको छ। यसबाहेकका गन्तव्यहरुमा पनि आधा दर्जनभन्दा बढी उडान रहेको छ। सुर्खेत, तुम्लिङटार तथा धनगढीमा पनि विस्तारै उडान सङ्ख्या थप्ने बताइएको छ।

बुद्ध एयरले २६ औं वार्षिकोत्सवको उपलक्ष्यमा सबै यात्रु, पर्यटन मन्त्रालय, नागरिक उड्डयन प्राधिकरण, नेपाल आयल निगम, विभिन्न वित्तीय निकाय, ट्राभल एजेन्सी/पोर्टल तथा आफ्ना सम्पूर्ण शुभचिन्तकहरूमा हार्दिक कृतज्ञता प्रकट गरेको छ।


प्रकाशित : बुधबार, असोज २४ २०८००४:४०
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend