शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

भारतीय पर्यटकले यतीका २ जहाज चार्टरबाट गरे माउन्टेन फ्लाइट 

आइतबार, असोज २१ २०८०
भारतीय पर्यटकले यतीका २ जहाज चार्टरबाट गरे माउन्टेन फ्लाइट 

नेपालमा सबैभन्दा धेरै भारतीय पर्यटक आएपनि हाइइन्ड सेगमेन्टमा न्यून रहेको छ। तर यो एकप्सको बुकिङले भने पछिल्लो समय बढ्दै गएको देखिएको कम्पनीले जानकारी दिएको छ। 

काठमाडौं- भारतीय पर्यटकले जहाज चार्टर गरेर माउन्टेन फ्लाइट गरेका छन्। शनिबार ८० जनाभन्दा धेरै भारतीय पर्यटकले यती एयरलाइन्सका दुईवटा जहाज चार्टर गरेर माउन्टेन फ्लाइट गरेका हुन्। 

यती एयरलाइन्सका दुई एटीआर ७२ जहाज चार्टर गरेर माउन्टेन फ्लाईट मार्फत नेपालका विभिन्न हिमश्रृखंलाको अबलोकन भ्रमण गरेका थिए। 

भारतीय कम्पनी एकप्स इन्डियाका संस्थापकहरूले यो चार्टर गरेका थिए। काठमाडौंको ह्यात होटलमा तिन दिने कर्पोरेट कन्फ्रेन्समा सहभागि हुन विभिन्न भारत तथा युएईमा रहेको एकप्सको कार्यालयबाट आएका भारतीय नागरीकहरुले यो माउण्टेन फ्लाईटको अनुभव लिएका हुन् । 

नेपालमा सबैभन्दा धेरै भारतीय पर्यटक आएपनि हाइइन्ड सेगमेन्टमा न्यून रहेको छ। तर यो एकप्सको बुकिङले भने पछिल्लो समय बढ्दै गएको देखिएको कम्पनीले जानकारी दिएको छ। चार्टर अपरेसन सस्तो टिकटले गरेको थियो। 


प्रकाशित : आइतबार, असोज २१ २०८००४:५३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend