शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

साउदी उडेको नेपाल एयरलाइन्सको जहाज काठमाडौं नै फिर्ता प्रकरणमा दुई म्यानेजरलाई काममा प्रतिबन्ध

बिहीबार , असोज १८ २०८०
साउदी उडेको नेपाल एयरलाइन्सको जहाज काठमाडौं नै फिर्ता प्रकरणमा दुई म्यानेजरलाई काममा प्रतिबन्ध

काठमाडौं- नेपाल नागरिक उड्डयन प्राधिकरणले नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) का जहाज मर्मत विभागमा कार्यरत २ जना म्यानेजरलाई काममा प्रतिबन्ध लगाउने निर्णय गरेको छ।

नेपालबाट साउदीको दमाम जान उडेको नेपाल एयरलाइन्सको आरए २४१ जहाज पाकिस्तानको आकास माथिबाट नेपाल फिर्ता भएको घटनामा प्राधिकरणले निगमका दुइ म्यानेजरलाई ग्राउण्डेड (ड्यूटी अफ) गरेको हो।

जहाजको आसपास अर्को जहाज भए नभएको बारे चेतावनी दिने प्रणाली (टीसीएएस)मा प्राविधिक समस्या आएपछि यो जहाज काठमाडौं फिर्ता गर्नु परेको थियो।

प्राधिकरणले नाइनएन-एकेएक्स जहाजको मर्मतमा संलग्न ड्यूटी मेन्टिनेन्स म्यानेजर र निगमको कन्टिनियुङ एयरवर्दिनेस (सीए) म्यानेजरलाई काममा रोक लगाएको हो। 


प्रकाशित : बिहीबार , असोज १८ २०८०१५:२४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend