मंगलबार, जेठ ६ गते २०८२    
मंगलबार, जेठ ६ २०८२
images
images

दुधमा आधारित पेय पदार्थ उत्पादन गर्ने उद्योगलाई बक्यौता अन्त:शुल्क भुक्तानीमा अन्तिम अवसर

images
बिहीबार , असोज १८ २०८०
images
दुधमा आधारित पेय पदार्थ उत्पादन गर्ने उद्योगलाई बक्यौता अन्त:शुल्क भुक्तानीमा अन्तिम अवसर

दुधमा आधारित सुवासयुक्त पेय पदार्थ उत्पादन गर्ने उद्योगलाई सरकारले अन्तशुल्कको बक्यौता रकम भुक्तानीमा छुट तथा जरिवाना मिनाहा दिने भएको छ।

images
images

काठमाडौं- दुधमा आधारित सुवासयुक्त पेय पदार्थ उत्पादन गर्ने उद्योगलाई सरकारले अन्त:शुल्कको बक्यौता रकम भुक्तानीमा छुट तथा जरिवाना मिनाहा गरिदिने भएको छ।

images
images
images

आन्तरिक राजस्व विभागले इजाजतपत्र नलिएको भए इजाजतपत्र लिइ २०७९ साल चैत्र मसान्तसम्मको कारोबारको बुझाउनुपर्ने अन्तःशुल्क विवरण र अन्तःशुल्क रकम २०८० साल असोज मसान्तसम्म दाखिल गरेमा अन्तःशुल्क ऐन, २०५८ बमोजिम लाग्ने जरिवाना र विलम्ब शुल्क मिनाहा गरिदिने भएको हो। 

images
images

'आर्थिक ऐन, २०८० को दफा ३९ ले अन्तःशुल्क ऐन, २०५८ बमोजिम अन्तःशुल्क निर्धारण र असुल गरी विवरण पेस गर्नुपर्ने दायित्व भएका स्वयं निष्कासन प्रणालीमा आधारित अन्तःशुल्क इजाजतपत्र लिएका वा नलिएका दुधमा आधारित सुवासयुक्त पेय पदार्थ उत्पादन गर्ने उद्योगले इजाजतपत्र नलिएको भए इजाजतपत्र लिइ २०७९ साल चैत्र मसान्तसम्मको कारोबारको बुझाउनु पर्ने अन्तःशुल्क विवरण र अन्तःशुल्क रकम २०८० साल असोज मसान्तसम्म दाखिल गरेमा अन्तःशुल्क ऐन, २०५८ बमोजिम लाग्ने जरिवाना र विलम्ब शुल्क मिनाहा हुनेछ', विभागले जारी गरेको सूचनामा भनिएको छ।

images
images

विभागले कारोबारमा कर निर्धारण भइ बक्यौता रहेका वा सो उपर प्रशासकीय पुनरावलोकन वा अन्य न्यायिक निकायमा विचाराधीन मुद्दा फिर्ता लिइ त्यस्तो कारोबारको बुझाउनुपर्ने अन्तःशुल्क रकम २०८० साल असोज मसान्तसम्म दाखिल गरेमा सोमा लाग्ने जरिवाना र विलम्ब शुल्क मिनाहाको व्यवस्था भएको सूचनामा उल्लेख छ।


प्रकाशित : बिहीबार , असोज १८ २०८००५:२०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend