शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

६ वर्षमा वाइडबडी उडानबाट निगमले गुमायो १९ अर्ब, आगामी पाँच वर्षमा थप १० अर्ब नोक्सानीको आकलन

बुधबार, असोज १७ २०८०
६ वर्षमा वाइडबडी उडानबाट निगमले गुमायो १९ अर्ब, आगामी पाँच वर्षमा थप १० अर्ब नोक्सानीको आकलन

निगमले अहिले पनि लामो दुरीको गन्तव्य पाउन सकेको छैन। सातामा २ वटा जापानको नारिता उडान गरिरहेको छ। यो नै वाइडबडीले पाएको सबैभन्दा लामो दुरीको गन्तव्य हो। सवा १ घण्टाको गन्तव्यमा समेत वाइडबडी उडान भइरहेको छ।

काठमाडौं- नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) ले अहिले अन्तर्राष्ट्रिय उडानमा २ वटा वाइडबडी जहाज उडान गरिरहेको छ। निगमले २०७५ को असार १४ मा पहिलो वाइडबडी र साउन १० मा दोस्रो वाइडबडी नेपाल ल्याएको थियो।

नेपाल ल्याएको क्रमश: ३३ र ९९ दिनपछि जहाज व्यावसायिक उडानमा आएको थियो। यसरी उडानमा आएको जहाज अहिलेसम्म पनि फुल फेजमा सञ्चालन हुन सकेको छैन। जहाजको सरदर उडान क्षमताको ६५ प्रतिशत मात्रै उपभोग भएको निगम सुधार सुझावका लागि गठित कार्यदलको रिपोर्टमा उल्लेख छ।

जहाज सञ्चालनमा व्यवस्थापकीय कमजोरी बढी भएको रिपोर्ट उल्लेख छ। निगमलाई ६ वर्षमा वाइडबडी सञ्चालनबाट मात्रै १९ अर्ब १४ करोडको नोक्सानी भएको रिपोर्टमा उल्लखे छ। अध्ययन समितिले दिएको रिपोर्टमा वाइडबडी सञ्चालनबाट आर्थिक वर्ष २०७४/०७४ मा १ अर्ब ५३ करोड ५१ लाख र आर्थिक वर्ष २०७५/०७६ मा ३ अर्ब ५९ करोड रूपैयाँ नोक्सानी भएको रिपोर्टमा उल्लेख छ।

यसैगरी रिपोर्टमा ०७६/०७७ मा ४ अर्ब १ करोड, ०७७/०७८ मा ३ अर्ब ७३ करोड, ०७८/०७९ मा ३ अर्ब र ०७९/०८० मा ३ अर्ब २८ करोड रूपैयाँ वाइडबडी सञ्चालनबाट निगमलाई घाटा भएको उल्लेख छ।

amadani.png


अबको पाँच वर्षमा निगमले वाइडबडी सञ्चालनबाट नाफा लिन नसक्ने समेत रिपोर्टमा उल्लेख छ। जसमा चालु आर्थिक वर्ष २०८०/०८१ मा ३ अर्ब ६६ करोड, २०८१/०८२ मा २ अर्ब ८९ लाख, २०८२/०८३ मा २ अर्ब ३४ करोड, २०८३/०८४  मा १ अर्ब ७१ करोड र ०८४/०८५ मा ९७ करोड ७४ लाख रूपैयाँ नोक्सानी बेहोर्ने रिपोर्टमा उल्लेख छ।

loss.png

निगमले अहिले पनि लामो दुरीको गन्तव्य पाउन सकेको छैन। सातामा २ वटा जापानको नारिता उडान गरिरहेको छ। यो नै वाइडबडीले पाएको सबैभन्दा लामो दुरीको गन्तव्य हो। नत्र वाइडबडी जहाजले न्यरोबडी जहाजबाट हुन सक्ने गन्तव्यमा नै उडान गरिरहेको छ। सवा १ घण्टाको गन्तव्यमा समेत वाइडबडी उडान भइरहेको छ।


प्रकाशित : बुधबार, असोज १७ २०८००६:३६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend