बिहीबार , जेठ १ गते २०८२    
बिहीबार , जेठ १ २०८२
images
images

पूर्व अर्थसचिवहरूसँग पुष्करको रात्रिभोज, आर्थिक संकट समाधानका लागि खोजे अग्रजको साथ

images
मंगलबार, असोज १६ २०८०
images
पूर्व अर्थसचिवहरूसँग पुष्करको रात्रिभोज, आर्थिक संकट समाधानका लागि खोजे अग्रजको साथ

अर्थतन्त्रमा समग्ररुपमा माग घटिरहेको, उद्योगी व्यवसायीको आत्मविश्वास गुमेको, आयातमा संकुचित भएको र राजस्व घटेकोप्रति सजग हुनुपर्ने सुझाव उनीहरुले अर्थसचिव पुष्करलाई दिएका थिए। 

images
images

काठमाडौं- अर्थसचिव कृष्णहरी पुष्करले पूर्व अर्थसचिवहरुसँग अर्थतन्त्रको पछिल्लो अवस्थाबारे छलफल गरेका छन्।

images
images
images

अर्थ मन्त्रालयले एभरेष्ट होटलमा आइतबार साँझ रात्रिभोज आयोजना गर्दै एक दर्जन अर्थसचिवहरुसँग सुझाव मागेको हो। पूर्व अर्थसचिवहरु डा.बिमल कोइराला, भानु शर्मा, रामेश्वर खनाल, कृष्णहरी बास्कोटा, राजन खनाल, शिशिर ढुंगानालगायत उपस्थित  थिए।

images
images

हाल विदेशी मुद्रा सञ्चितिको अवस्था राम्रो भए पनि अन्य क्षेत्र निकै कठिन अवस्थाबाट गुज्रिरहेकाले बेलैमा सचेत भएर काम गर्न पूर्व अर्थसचिवहरुले पुष्करलाई सुझाव दिएका थिए।

images
images

अर्थतन्त्रमा समग्ररुपमा माग घटिरहेको, उद्योगी व्यवसायीको आत्मविश्वास गुमेको, आयातमा संकुचित भएको र राजस्व घटेकोप्रति सजग हुनुपर्ने सुझाव उनीहरुले अर्थसचिव पुष्करलाई दिएका थिए।

'समर्ग्र अर्थतन्त्रबारे छलफल भयो। अर्थतन्त्र अप्ठ्यारो अवस्थामा रहेकाले सुधारात्मक कदम अगाडि बढाउने गरी काम गर्ने विषयमा सबै पूर्व अर्थसचिवहरुले सुझाव दिनुभयो। सञ्चिति सुविधाजनक अवस्थामा रहे पनि आयात संकुचित हुँदा राजस्व घटेको, निजी क्षेत्रको मनोबल घट्दा कर्जा प्रवाह बढ्न नसकेको, अर्थतन्त्रको संरचानात्मक सुधारलगायतका विषयमा छलफल भएको थियो', अर्थमन्त्रालका एक अधिकारीले बताए।

कृष्णहरी पुष्कर यसपटक निकै परिपक्व र सकारात्मक देखिएको छलफलमा सहभागी एक पूर्व अर्थसचिवले बताए। 'यस पटक कृष्णहरी पुष्कर निकै जिम्मेवारी ढंगबाट प्रस्तुत भएका थिए। यसअघि राजस्व सचिव र अर्थसचिव हुनु अगाडिभन्दा बढी दायित्व बोध गरेको देखियो। ९ महिनापछि फेरि अर्थ मन्त्रालयको सचिव हुने अवसर प्राप्त भएको भन्दै उनले अर्थतन्त्र सुधारका विषयमा सल्लाह सुझाव मागेका थिए', उनले भने। 

'अर्थमन्त्रालय भनेको सुपरमिनिष्ट्री हो। यसले राम्रो काम गर्न सके अर्थतन्त्र सुधार हुन्छ। यसको साख जोगाउने गरि काम गर्न सुझाव दिएको छौं',अर्का एक पूर्वअर्थसचिवले बताए।

अर्थसचिव पुष्करले यसपटक अर्थतन्त्र सुधार गर्ने र राजस्व बढाउने उद्देश्यका साथ आएको अर्थ मन्त्रालयमा बताउने गरेका छन्। यसअघि विदेशी मुद्रा सञ्चिति बढाउने र नेपाललाई श्रीलंका हुनबाट जोगाउने जिम्मेवारी पाएको र आफू त्यसमा सफल भएको उनको दाबी छ।

यस पटक अर्थतन्त्रको गुमेको आत्मविश्वास फर्काउँदै व्यावसायिक गतिविधि बढाउँदै लक्ष्यनुसार राजस्व प्राप्तिमा सहयोग गर्ने आफ्नो उद्देश्य रहेको उनको भनाई छ।


प्रकाशित : मंगलबार, असोज १६ २०८००७:१५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend