शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

हेलीप्याड, स्वीमिङ पुल र मिनि गल्फकोर्स सहितको त्यो कार

शनिबार, मंसिर ४ २०७८
हेलीप्याड, स्वीमिङ पुल र मिनि गल्फकोर्स सहितको त्यो कार

त्यसैले यो कारलाई महँगो विलासी कार भन्ने गरिएको छ। यो कार भित्र एकै पटक ७० जनाले सुविधा लिन सक्छन्। 

काठमाडौं- १९८६ मा एउटा यस्तो कार बन्यो जसले कारबारे चासो राख्नेहरु माझ तरंग नै ल्यायो। त्यो कार थियो संसारको सबैभन्दा लामो कार। १ सय फिट लामो सो कार सबैभन्दा लामो कारका रुपमा गिनिज वल्र्ड रेकर्डका रुपमा समेत दर्ता भएको थियो। 

कार आकारमा थिएन भने यो कार रेलझैं देखिन्छ। यो कार लिमोजिनबाट प्रभावित रहेर बनाइएको छ। लिमोजिन कार अमेरिकीहरुको समना हो। यो कार कसरी ‘अमेरिकी सपना’ भयो भन्ने प्रश्न उठ्न सक्छ। यो कारमा मनोरञ्जनदेखि अन्य विविध पक्ष एकै ठाउँमा उपलब्ध रहेका छन्। 

यो कारमा व्यक्ति हेलीप्याड, मिनि गल्फकोर्स, बाथपब, मल्टिपल टिभी, फ्रिज, टेलिफोन तथा स्वीमिङ पुल समेत रहेको छ। त्यसैले यो कारलाई महँगो विलासी कार भन्ने गरिएको छ। यो कार भित्र एकै पटक ७० जनाले सुविधा लिन सक्छन्। 

यो अमेरिकी सपनाको कुनै कार उत्पादकले डिजाइन गरेका भने हैनन्। हलिउड फिल्मका सवारी डिजाइनर जेय होर्बर्गले गरेका हुन्। 

Longest Car (1).jpg

अमेरिकी सपना आधारभूत रुपमा १९७६ मा क्याडिलक इल्डोराडा लिमोजिन्सले गरेका थिए। १२ वर्ष लगेको यो सडकमा आउँन १९९२ सम्म लागेको थियो। २६ पांग्रा रहको यो कार दुबै तर्फबाट कुदाउन सकिन्छ। 

अस्वभाविक लिमोजिन कारमा दुईवटाभन्दा बढी भी८ इन्जिन प्रयोग गरिएको छ। अर्को रोचक कुरा के छ भने यो कार आवश्यक परेको खण्डमा मध्य भागबाट समेत घुमाउन सकिन्छ। 

यो कार बनाउँदा फिल्मी प्रयोजनका लागि बनाइएको थियो। तर समयक्रम सँगै कार विभिन्न प्रयोगन तथा सौखिन अर्बपतिहरुलाई आनन्द लिनका लागि समेत उपलब्ध गराउन थालियो। यो कारमा १ घण्टा विताएको करिब २० हजार रुपैयाँ शुल्क लिइन्थ्यो त्यतिबेला। 

धेरै चर्चा र तस्बिरहरु आएसँगै यो कार प्रति चासो राख्नेहरुको संख्या घट्दै गयो भने फिल्महरुमा समेत कम प्रयोग हुन थाल्यो। त्यतिकै थन्किने अवस्थामा पुगेको सो कार पुरानो हुँदै गयो भने केही भागहरुमा क्षति पुग्न थाल्यो। 

पछिल्लो समय उक्त कार संग्राहालयले खरिद गरेको छ। सो संग्राहालयले कारलाई र कारको चार्मलाई पुरानै अवस्थामा फर्काउन सकिन्छ भनेर अध्ययन गरिरहेको छ।   


प्रकाशित : शनिबार, मंसिर ४ २०७८०२:१७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend