शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

सोल्टी होटलको सेयर बेचेर जहाज किन्न नेपाल एयरलाइन्सलाई सुझाव 

आइतबार, असोज १४ २०८०
सोल्टी होटलको सेयर बेचेर जहाज किन्न नेपाल एयरलाइन्सलाई सुझाव 

एयरलाइन्सको व्यापार विस्ताका लागि जहाज खरिद गर्नैपर्ने अवस्था रहेको तर त्यसका लागि वित्तीय स्रोतको संकट रहेको समितिले औँल्याएको छ। 

काठमाडौं- नेपाल एयरलाइन्सको अवस्थामा सुधार गर्नका लागि आवश्यक सुझाव दिन भन्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीले गठन गरेको समितिले जहाज खरिदका लागि आवश्यक स्रोतको सिफारिस गरेको छ। 

पूर्व गभर्नरसमेत रहेका दिपेन्द्रबहादुर क्षेत्रीको संयोजकत्वको उक्त समितिले सोल्टी होटलमा रहेको सेयर बिक्री गर्न सुझाव दिएको छ। होटलमा रहेको कम्पनीको सेयर बिक्री गरेर स्रोत व्यवस्थापन गर्न सकिने सुझाव दिइएको छ। 

नेपाल वायुसेवा निमगको सोल्टी होटल लिमिटेडमा १ करोड ३ लाख ३३ हजार ६९९ कित्ता सेयर रहेको छ। यो सेयरको हालको बजार मूल्य ४ अर्ब ५७ करोड ७८ लाख २८ हजार ६५ रूपैयाँ पुगेको समितिको प्रतिवेदनमा उल्लेख गरिएको छ। 

‘सोल्टी होटल लिमिटेडको उक्त सेयर बिक्री गरी प्राप्त हुने रकम नयाँ जहाज खरिद गर्न उपयोग गर्न सकिने देखिन्छ’, समितिको प्रतिवेदनमा उल्लेख गरिएको छ। 

एयरलाइन्सको व्यापार विस्तारका लागि जहाज खरिद गर्नैपर्ने अवस्था रहेको तर त्यसका लागि वित्तीय स्रोतको संकट रहेको समितिले औँल्याएको छ। 


प्रकाशित : आइतबार, असोज १४ २०८०१०:५४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend