शुक्रबार, वैशाख २६ गते २०८२    
शुक्रबार, वैशाख २६ २०८२
images
images

खाद्यले हुम्लामा बेचिरहेको छ कुहिएको चामल, २५ किलोको २३ सय ७५ रुपैयाँमा बिक्री

कर्मचारी भन्छन्- गोदाम नहुँदा पालले छोप्यौँ, पानी पर्दा भिजेर कुहियो

images
बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, असोज १२ २०८०
images
खाद्यले हुम्लामा बेचिरहेको छ कुहिएको चामल, २५ किलोको २३ सय ७५ रुपैयाँमा बिक्री

काठमाडौं-केरुङ हुँदै तिब्बती मार्गबाट हिल्सा नाकाबाट चार हजार क्विन्टल खाद्यान्न ढुवानी भएको थियो। त्यसमा एक हजार क्विन्टल नाम्खा गाउँपालिकाका लागि छुट्याइएको थियो।

images
images

हुम्ला- खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड सिमकोट शाखाले हुम्लाको नाम्खा गाउँपालिका-५ मुचुगाउँका स्थानीयलाई कुहिएको चामल बिक्री गरेको पाइएको छ। केही दिनअघि लिमिटेडले सप्लायर्समार्फत काठमाडौंबाट केरुङनाका हुँदै तिब्बती मार्गबाट हिल्सामा सो खाद्यान्न ढुवानी गरेको थियो।

images
images
images

नाम्खा-५ का पेमा आङ्मु तामाङका अनुसार आफूले खरिद गरेर लिमिटेडले ढुवानी गरेको अनुदान चामल कुहिएको भेटिएको छ। एक घरधुरीलाई चार बोराका दरले बिक्री गरिएको थियो। उनका अनुसार त्यसमा दुई बोरा चामल कुहिएको भेटिएको छ र अधिकांश खाद्यान्न पाएका घरपरिवारको कुहिएको चामल डल्लैडल्ला परेको भेटिएको छ।

images
images

२५ किलोको बोरा चामलको मूल्य २३ सय ७५ रुपैयाँमा किनेको र घरमा चामलको बोरा खोल्दा कुहिएको पाइएको स्थानीय जङ्ग लामाले बताए। 'पैसा तिरिसकेका छौँ, चामल कुहिएर डल्ला परेको भेटिएको छ', उनले भने।

images
images

करिब ५० घरधुरीका नागरिकले चामल बिक्री गरिएकामा अधिकांश बोरा कुहिएको भेटिएको स्थानीयको गुनासो छ। मुचुगाउँमा लिमिटेडले बिक्री गरेको चामल कुहिएर खान नमिल्ने भएपछि बोरा खोलेर घाममा सुकाउने गरिएको छ। घरको छतमा त्रिपालमा चामलको बोरा खोलेर सुकाउँदा पनि खान नमिल्ने खालको रहेको छ।

हिल्सा नाकामा चामल राख्ने गोदाम नहुँदा केही बोरा चौरमा पालले छोपेर राख्ने क्रममा पानी पर्दा भिजेका कारण कुहिएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड सिमकोट शाखाका प्रमुख कृष्णप्रसाद अधिकारीले बताए।

काठमाडौं-केरुङ हुँदै तिब्बती मार्गबाट हिल्सा नाकाबाट चार हजार क्विन्टल खाद्यान्न ढुवानी भएको थियो। त्यसमा एक हजार क्विन्टल नाम्खा गाउँपालिकाका लागि छुट्याइएको थियो।

यस्तै तीन हजार क्विन्टल खाद्यान्न सिमकोट शाखामा आएको उनले बताए। उनले कुहिएको खाद्यान्न फिर्ता गरेर राम्रो चामल दिने व्यवस्था गरिने बताए। खाद्यान्न कुहिएको भए पैसा फिर्ता दिने पनि उनले बताए। सो कुहिएको खाद्यान्न भने राम्रोसँग राख्न उनले आग्रह गरे। रासस


प्रकाशित : शुक्रबार, असोज १२ २०८००८:१२
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend