शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

हेलिकोप्टर उडानमा लापरबाही गरेको भन्दै श्री र फिस्टेलमाथि प्रतिबन्ध

बिहीबार , असोज ११ २०८०
हेलिकोप्टर उडानमा लापरबाही गरेको भन्दै श्री र फिस्टेलमाथि प्रतिबन्ध

काठमाडौं- नेपाल नागरिक उड्डयन प्राधिकरणले हवाई सुरक्षामा गम्भीर लापरबाही गरेको भन्दै दुईवटा वायुसेवा कम्पनीको तीनवटा 'एएस ३५० बी ३ ई' प्रकृतिको हेलिकोप्टर उडानमा प्रतिबन्ध लगाएको छ।

प्राधिकरण स्रोतका अनुसार भीएफआर उडानको नियम उल्लंघन गर्ने श्री र फिस्टेल एयरका 'एएस ३५० बी ३ ई' प्रकृतिको हेलिकोप्टर उडानमा प्रतिबन्ध लगाइएको हो। जसमा फिस्टेलको दुईवटा र श्रीको एउटा हेलिकोप्टर रहेका छन्।

यी दुई कम्पनीले एउटा मात्रै हेलिकोप्टर ल्याण्ड गर्न मिल्ने हेलिप्याडमा जबरस्ती दुई वटा हेलिकोप्टर राखेको र एकसय मिटर पनि भिजिबिलिटी नभएको अवस्थामा हेलिकोप्टर उडाउँदै हवाई सुरक्षामा लापरबाही गरेको ठहरसहित प्राधिकरणले अर्को निर्णय नहुँदासम्मका लागि उडान नै बन्द गराएको हो।

प्राधिकरणले पछिल्लो समय हेलिकोप्टरको उडानमा हुने लापरबाहीलाई सुक्ष्म रुपमा हेरिरहेको छ। पाइलट तथा कम्पनीको गल्तीमा प्राधिकरणले तत्काल नै कारबाहीसमेत गरिरहेको छ। सुरक्षामा कुनै कमी हुन नदिने प्राधिकरणको भनाइ छ। सुरक्षामा लापरबाही गर्नेलाई प्राधिकरणले तुरुन्त कारबाहीसमेत गरिरहेको छ।


प्रकाशित : बिहीबार , असोज ११ २०८००९:५९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend