शुक्रबार, वैशाख २६ गते २०८२    
शुक्रबार, वैशाख २६ २०८२
images
images

सिटिजन लाइफको आईपीओले कति पाउला ओपन रेञ्ज?

images
सोमबार, असोज ८ २०८०
images
सिटिजन लाइफको आईपीओले कति पाउला ओपन रेञ्ज?

कम्पनीको आईपीओ नेप्सेमा सूचीकरण प्रक्रियामा छ।

images
images

काठमाडौं- सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको आईपीओले १७२.४३ देखि ५१७.२९ रूपैयाँसम्मको ओपन रेञ्ज पाउने देखिएको छ।

images
images
images

कम्पनीको आर्थिक वर्ष २०७८/७९ को वास्तविक प्रतिसेयर नेटवर्थ  १७२.४३ रहेकोले उक्त रेञ्ज पाउने देखिएको हो। नेपाल स्टक एक्सचेन्जले कम्पनीको पहिलो कारोबारको लागि नेटवर्थको तीन गुणासम्म मूल्य रेञ्ज तोक्ने गर्दछ। सोही कारण कम्पनीले उक्त मूल्य रेञ्ज पाउने देखिएको हो। कम्पनीको आईपीओ नेप्सेमा सूचीकरण प्रक्रियामा छ।

images
images

कम्पनीको आईपीओ भदौ २८ गते बाँडफाँट भएको थियो। कम्पनीको आईपीओमा ९ लाख आवेदकले १० कित्ताका दरले सेयर प्राप्त गरेका थिए।

images
images

कम्पनीले भदौ १५ देखि १९ गतेसम्म अंकित मूल्यमा १४४ रूपैयाँ प्रिमियम मूल्य थप गरी प्रतिकित्ता २४४ रूपैयाँमा ९० लाख कित्ता आईपीओ सर्वसाधारणमा निष्कासन गरेको थियो। 


प्रकाशित : सोमबार, असोज ८ २०८०११:२६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend