बुधबार, जेठ ७ गते २०८२    
बुधबार, जेठ ७ २०८२
images
images

नेपाल र चीनबीच १३ बुँदे सम्झौता

images
सोमबार, असोज ८ २०८०
images
नेपाल र चीनबीच १३ बुँदे सम्झौता

कृषि, सञ्चार, विज्ञान तथा प्रविधि, विद्युत्, सडक पूर्वाधार, व्यापारलगायतका १३ वटा परियोजनामा सम्झौता भएको हो।

images
images

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' को चीन भ्रमणका क्रममा नेपाल र चीनबीच १३ बुँदे सम्झौता भएको छ।

images
images
images

सोमबार बिहान बेइजिङस्थित ग्रेट हल अफ द पिपुलमा प्रधानमन्त्री दाहाल र चिनियाँ समकक्षी लि छ्याङको उपस्थितिमा १३ बुँदे समझदारी पत्रमा हस्ताक्षर भएको हो। 

images
images

कृषि, सञ्चार, विज्ञान तथा प्रविधि, विद्युत्, सडक पूर्वाधार, व्यापारलगायतका १३ वटा परियोजनामा सम्झौता भएको हो।

images
images

प्रधानमन्त्री दाहाल असोज ६ गते चीन पुगेका हुन्। चीनमा आयोजित विभिन्न कार्यक्रममा प्रधानमन्त्री सहभागी भएका थिए। भ्रमणका क्रममा प्रम दाहाल नेपालसँग सीमाना जोडिएको चीनको तिब्बत स्वशासित क्षेत्रको भ्रमणमा जाने पनि कार्यक्रम छ।

तिब्बतमा रहँदा पनि उनले त्यहाँका उच्चपदस्थ अधिकारीसँग भेटवार्ता गर्ने कार्यक्रम छ। प्रधानमन्त्री दाहाल आफ्नो प्रतिनिधिमण्डलसहित यही सेप्टेम्बर ३० मा नेपाल फर्किने कार्यक्रम छ।


प्रकाशित : सोमबार, असोज ८ २०८००६:०४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend