शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

काठमाडौं-तराई द्रुतमार्ग : द्रुतगतिमै हुँदैछ काम (तस्बिरहरू)

शुक्रबार, मंसिर ३ २०७८
काठमाडौं-तराई द्रुतमार्ग :  द्रुतगतिमै हुँदैछ काम (तस्बिरहरू)

काठमाडौं- काठमाडौं तराई द्रुतमार्गको कामले अहिले गति लिएको छ।

नेपाली सेनाको प्रत्येक्ष व्यवस्थापनमा एसियाली राजमार्ग डिजाइन मापदण्ड १९९३ अनुसार निर्माण भइरहेको राष्ट्रिय गौरवको आयोजनाले विभिन्न समस्यापछि अहिले भने गति लिएको हो।

यसमा ललितपुर-काठमाण्डौं-मकवानपुर-बारा हुँदै निजगढलाई अन्तिम बिन्दुको रुपमा प्रस्ताव गरेर काम भइरहेको छ।

लामो समयसम्म डीपीआर उपलब्ध नहुनु र उपलब्ध भइसकेपछि पनि स्वीकृत हुन नसक्नु तथा अन्तर्राष्ट्रिय परामर्शदाताको छनौटमा हुन गएको ढिलाइ तथा कोभिडका कारण सोचेजस्तो प्रगति नभएको सेनाले जनाएको छ।

आयोजनाको सबै काम हेर्दा अहिले छैठौँ चरणमा काम चलिरहेको छ। हालसम्म आयोजनाको वार्षिक प्रगति भौतिकतर्फ ४२.८५ प्रतिशत र  वित्तीयतर्फ ४२.८० प्रतिशत रहेको तथा समष्टिगत प्रगति भौतिकतर्फ १६.२१ प्रतिशत रहेको छ भने वित्तीयतर्फ ९.५२ प्रतिशत रहेको सेनाले जनाएको छ।

fast track sadak (2).jpg
fast track sadak (3).JPG
fast track sadak (4).JPG
fast track sadak (5).JPG
fast track sadak (6).JPG
fast track sadak (7).JPG
fast track sadak (8).JPG
fast track sadak (9).JPG
fast track sadak (10).JPG
fast track sadak (11).JPG


प्रकाशित : शुक्रबार, मंसिर ३ २०७८०४:१६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend