शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

सेटिङमा छनोट भएको एमआरओको लापरबाहीका कारण इन्जिन परिवर्तनका लागि इजरायल गएको निगमको जहाज उतै थन्कियो

शुक्रबार, असोज ५ २०८०
सेटिङमा छनोट भएको एमआरओको लापरबाहीका कारण इन्जिन परिवर्तनका लागि इजरायल गएको निगमको जहाज उतै थन्कियो

काठमाडौं- बिग्रिएको इन्जिन परिवर्तनका लागि इजरायल गएको नेपाल एयरलाइन्सको कल साइन 'नाइएन एकेएक्स' जहाज एमआरओको लापरबाहीका कारण इजरायलमा नै थन्किएको छ। जुलाई १७ मा इन्जिन बिग्रिएर २ महिनासम्म ग्राउन्डेड जहाज भाडाको इन्जिन हाल्न तथा बिग्रिएको इन्जिन मर्मतका लागि उता छोड्न भन्दै इजरायल गएको थियो।

सेप्टेम्बर १७ मा दुबई हुँदै इजरायल गएको जहाज आज काठमाडौं फर्कने सेड्युल थियो तर कमिसनको चक्करमा छनोट गरिएको इजरायल एरोस्पेस इन्टस्ड्रिजको लापरबाहीका कारण जहाज इजरायलमै रोकिएको छ।

जहाजमा इन्जिन परिवर्तन भएपछि सञ्चालन प्रक्रियामा समस्या आएको छ। निगमका एक इन्जिनियरका अनुसार इन्जिनको 'ब्लिड सिस्टम' समस्या आएको हो। यो समस्या देखिनु भनेको इन्जिन फिट गर्दा लापरबाही भएको ती इन्जिनियरले बताए। 

ब्लिड भनेको इन्जिनको तातो हावासँगसम्बन्धित प्रणाली हो। जहाजमा रहेको एउटा इन्जिनले अर्को इन्जिनलाई पनि स्टार्ट गर्छ। त्यही हावाबाट एयर कन्डिसनिङ तथा एयरप्रेसराइजको काम पनि हुने ती इन्जिनियरले बताए। सम्रग जहाजभित्रको हावाको काम त्यसबाट नै हुने हो। यसमा एमआरओको नै लापरबाही भएको स्रोतको दाबी छ।

'यस्तो समस्या जहाजमा राखिएको इन्जिन फिटिङ गर्न नजान्दा आउने हो। फिटिङमा गल्ती भयो। पाइपमा पानी सप्लाई गरिदियो। पानी सप्लाई उच्च गतिमा भयो। उच्च गतिको पानीले भित्तामा हान्यो र भित्ता फुटेको हो,' स्रोतले भन्यो, 'समस्या आएपछि जहाज उडान गर्ने कुरा भएन। जहाज इजरायलमा नै रोकियो।'

निगम कार्यकारी अध्यक्ष युवराव अधिकारीले केही साताअगाडि मात्रै इन्जिन मर्मत तथा भाडाका लागि सेटिङमा एरोस्पेस कम्पनीसँग सम्झौता गरेका थिए। 


प्रकाशित : शुक्रबार, असोज ५ २०८००६:२३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend