शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

यती एयरको २५ वर्ष पूरा

बिहीबार , असोज ४ २०८०
यती एयरको २५ वर्ष पूरा

काठमाडौं- निजी हवाई सेवा प्रदायक कम्पनी यती एयरले २५ वर्ष पूरा गरेको छ। आन्तरिक हवाई सेवाप्रदायक कम्पनी यती एयरले सन् १९९८ सेप्टेम्बर २१ बाट आन्तिरक हवाई उडान सुरु गरेको थियो।

यतीले सुरुवाती उडान नाइन एन एईभीबाट उडान सुरु गरेको थियो। अहिले यती एयरले पाँच वटा एटीआर जहाज मार्फत आन्तरिक उडान गरिरहेको छ।

पछिल्लो समय यती एयरले लगानी कर्ता भित्र्याउँदै थप जहाज थपेर आन्तरिक उडानलाई झन मजबुत बनाउन योजना बनाएको छ। यतीले थप ३ वटा एटीआर जहाज थप्ने तयारी गरिरहेको छ। आन्तरिक उडानमा यती यात्रु संख्याको आधारमा दोस्रो बजार हिसा ओगट्न सफल एयरलाइन्स हो। 

यती एयरको भगनी संस्था तारा एयरले भने दुर्गममा हवाई सेवा प्रदान गरिरहेको छ। यती एयरले भने सुगम क्षेत्रमा सेवा दिँदै आएको छ। यती एयरले अहिले माउन्टेन उडान सहित पोखरा, विराटनगर, भद्रपुर, जनकपुर, भैरहवा र सिमरामा उडान गरिरहेको छ।


प्रकाशित : बिहीबार , असोज ४ २०८००८:०७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend