शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

नेपालगञ्ज उडेको श्री एयरलाइन्सको जहाज पुन: काठमाडौं नै फर्कियो

बिहीबार , असोज ४ २०८०
नेपालगञ्ज उडेको श्री एयरलाइन्सको जहाज पुन: काठमाडौं नै फर्कियो
फाइल तस्बिर

जहाज काठमाडौं विमानस्थलमा ९ बजेर ५ मिनेटमा अवतरण भएको थियो। जहाज सुरक्षित रुपमा काठमाडौंमा अवतरण भएको हो।

काठमाडौं- काठमाडौंबाट नेपालगञ्जका लागि उडेको श्री एयरलाइन्सको जहाज पुन: काठमाडौं नै फर्किएको छ। काठमाडौं विमानस्थलबाट ८ बजेट ३८ मिनेट जाँदा नेपालगञ्जका लागि उडान भरेको  श्री एयरको जहाजमा समस्या देखिएको थियो।

जहाजको इन्डिकेटरमा समस्या देखिएको भन्दै जहाजलाई पुन काठमाडौंका नै फर्काएर अवतरण गरिएको विमानस्थल कार्यालयका प्रवक्ता सुवास झाले बताए।

जहाज काठमाडौं विमानस्थलमा ९ बजेर ५ मिनेटमा अवतरण भएको थियो। जहाज सुरक्षित रुपमा काठमाडौंमा अवतरण भएको हो।

प्रकाशित : बिहीबार , असोज ४ २०८००४:१३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend