बुधबार, जेठ ७ गते २०८२    
बुधबार, जेठ ७ २०८२
images
images

सिमकार्ड डुप्लिकेसन गरी ६ लाख रुपैयाँ ठगी गर्ने पक्राउ

images
बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, असोज २ २०८०
images
सिमकार्ड डुप्लिकेसन गरी ६ लाख रुपैयाँ ठगी गर्ने पक्राउ

पीडितको बैंक खाताबाट विभिन्न बैंक खाता तथा वालेटमा पटक-पटक गरी छ लाख दुई हजार पाँच सय ४८ ट्रान्सफर गरी सिम डुप्लिकेसनमार्फत ठगी गरेको अनुसन्धानको क्रममा खुलेको हो।

images
images

काठमाडौं- सिमकार्ड डुप्लिकेसन गरी ६ लाख २ हजार ५ सय ४८ ठगी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ।

images
images
images

पक्राउ पर्नेमा काभ्रेपलाञ्चोक पाँचखाल नगरपालिका-६ घर भई काठमाडौँ गोकर्णेश्वर नगरपालिका-२ नयाँपाटी बस्ने २२ वर्षीय सरोज दिवाली रहेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए। 

images
images

उनका अनुसार पीडितको मोबाइल नम्बरको सिमकार्ड सेवा प्रदायक कम्पनीबाट आफ्नो नाममा नामसारी गरी मोबाइल बैंकिङ एक्टिभ गराई पीडितको बैंक खाताबाट विभिन्न बैंक खाता तथा वालेटमा पटक-पटक गरी छ लाख दुई हजार पाँच सय ४८ ट्रान्सफर गरी सिम डुप्लिकेसनमार्फत ठगी गरेको अनुसन्धानको क्रममा खुल्न आएपछि उनलाई पक्राउ गरिएको हो।

images
images

पक्राउ परेका दिवालीलाई ठगीसम्बन्धी कसुरमा आवश्यक अनुसन्धान एवं कारबाहीका लागि जिल्ला प्रहरी परिसर टेकु काठमाडौँमा पठाइएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ।


प्रकाशित : मंगलबार, असोज २ २०८००५:५४
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend