बुधबार, जेठ ७ गते २०८२    
बुधबार, जेठ ७ २०८२
images
images

दुई हजार किलो माछा नष्ट

images
बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, असोज १ २०८०
images
दुई हजार किलो माछा नष्ट

अहिलेसम्म व्यवसायी सम्पर्कमा नआएको उहाँले बताए। नष्ट गरेको माछाको बजार मूल्य तीन लाख २० हजार रुपैयाँसम्म रहेको गौतमले जानकारी दिए। तर बिलमा एक लाख ६० हजार रुपैयाँमात्र लेखिएको छ।

images
images

भरतपुर- चितवनमा अवैधरूपमा ल्याइएको दुई हजार किलो माछा नष्ट गरिएको छ। मत्स्य व्यवसायी संघ, पशु क्वारेन्टाइन चेकपोष्ट रामनगर र जिल्ला प्रहरी कार्यालय चितवनको संयुक्त टोलीले बरामद गरेको माछा आइतबार नष्ट गरिएको हो।

images
images
images

पशु क्वारेन्टाइन चेकपोष्ट रामनगरका प्रमुख शिरिष गौतमले नष्ट गरिएको माछा भारतबाट अवैधरूपमा भित्रिएको हुनसक्ने जानकारी दिए। 'बिलमा नवलपरासी (बर्दघाट-सुस्तापश्चिम) प्रतापपुरको सुजु एण्ड समीक्षा सप्लायर्सबाट आएको भन्ने छ। त्यहाँ उल्लेख गरेअनुसार त्यो प्रजातिको माछा त्यस क्षेत्रमा पालिएको छैन', उनले भने, 'भारतबाट अवैधरूपमा भित्रिएको हुनसक्छ।' अवैधरूपमा ल्याइएका माछा विगेड कार्भ, सिल्भर कार्भ र रुपचन जातका छन्।

images
images

लु३च १७९४ नम्बर गाडीमार्फत ‘आइस’मा राखेको माछा काठमाडौंतर्फ लैजान लागिएको थियो। जाँचको क्रममा प्रहरीको सहयोगमा पक्राउ गरिएको प्रमुख गौतमले जानकारी दिए। सो माछा खान नमिल्ने अवस्थामा रहेको समेत उनले बताए। 'भौतिकरूपमा हेर्दा माछामा गन्ध आएको छ', उनले भने, 'अवैध र गन्ध आएपछि नष्ट गरेका हौँ।'

images
images

अहिलेसम्म व्यवसायी सम्पर्कमा नआएको उहाँले बताए। नष्ट गरेको माछाको बजार मूल्य तीन लाख २० हजार रुपैयाँसम्म रहेको गौतमले जानकारी दिए। तर बिलमा एक लाख ६० हजार रुपैयाँमात्र लेखिएको छ।

मत्स्य व्यवसायी संघ चितवनका अध्यक्ष अर्जुन लामिछानेले अवैधरूपमा माछा नेपाल भित्रने क्रम नरोकिएको बताए। उनले १० महिनाको अवधिमा चितवनमा मात्रै चारपटक अवैधरूपमा भित्र्याइएको माछा नष्ट गरिएको जानकारी दिए।

बरामद माछा पशु स्वास्थ्य तथा पशु सेवा नियमावली, २०५६ को नियम २ (ख) अनुसार नियमानुसार  विधि अपनाई जलदेवी सामुदायिक वन परिसरमा सरोकारवाला निकायका प्रतिनिधिको रोहबरमा नष्ट गरिएको छ। चितवनमा वार्षिक पाँच हजार मेट्रिक टन माछा उत्पादन हुन्छ।

माछामा आत्मनिर्भर चितवनबाट विभिन्न जिल्लामा माछा निर्यातसमेत हुने गरेको छ। यहाँ करिब पन्ध्र सय किसानले माछा पाल्ने गरेको मत्स्य व्यवसायी संघले जनाएको छ। रासस


प्रकाशित : सोमबार, असोज १ २०८००५:१३
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend