शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

यती एयरलाइन्सले सुरु गर्‍यो काठमाडौं-पोखरा रात्रिकालीन उडान

आइतबार, भदौ ३१ २०८०
यती एयरलाइन्सले सुरु गर्‍यो काठमाडौं-पोखरा रात्रिकालीन उडान

पोखराका लागि यतीले हाल दैनिक ६ वटा उडान गर्दै आएको छ।

काठमाडौं- पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा काठमाडौंबाट यती एयरलाइन्सले रात्रिकालीन उडान (आईएफआर उडान) सुरु गरेको छ। यो उडान आजबाट लागु हुनेगरि यतीले तालिकासमेत मिलाएको छ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा यसअघि नै रात्रि उडानको सुविधा भए पनि यतीले भने आजबाट सुरु गरेको हो।

रात्रि उडानका लागि यतीले काठमाडौंबाट साँझ ५:३० बजे उडान नं. एनवाईटी ६८३ र पोखरा बाट साँझ ६:२० बजे उडान नं. एनवाईटी ६८४ मार्फत तालिका मिलाएको यती एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले जानकारी दिए।

'हाललाई साँझको लागि एउटा मात्र उडान रहे पनि यात्रुको मागअनुसार हालको समयभन्दा पछाडि पनि उडान संख्या थप हुँदै जानेछ',  प्रवक्ता बर्तौलाले भने। आईएफआर उडान सुरु नहुँदा कहिलेकाहीँ ढिला हुँदा साँझका उडान रद्द हुने गरेकोमा अब त्यो समस्या समेत हट्ने उनले बताए।

पोखराका लागि यतीले हाल दैनिक ६ वटा उडान गर्दै आएको छ।


प्रकाशित : आइतबार, भदौ ३१ २०८०११:३६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend