शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

ग्राउन्डेड भएको ६३ दिनपछि भाडाको इन्जिन राख्न निगमको न्यरोबडी 'लुम्बिनी' जहाज आज इजरायल जाँदै, ६७ करोड आम्दानी गुमायो

आइतबार, भदौ ३१ २०८०
ग्राउन्डेड भएको ६३ दिनपछि भाडाको इन्जिन राख्न निगमको न्यरोबडी 'लुम्बिनी' जहाज आज इजरायल जाँदै, ६७ करोड आम्दानी गुमायो

एउटै कम्पनीको इन्जिन भाडामा र इन्जिन मर्मतको ठेक्का भएको कारण कमिसनका लागि इन्जिन मर्मतमा ढिलाइ गरेर भाडाको इन्जिन लामो समयसम्म प्रयोग गर्ने खेल तयार पारिएको निगम स्रोतको दाबी छ।

काठमाडौं-  नेपाल एयरलाइन्सको नाइन एकेएक्स एयर बस ३२० 'लुम्बिनी' जहाज ग्राउन्डेड भएको ६३ दिनपछि उडान हुने भएको छ। जुलाई १७ अर्थात साउन १ गतेदेखि ग्राउन्डेड जहाज २ महिनापछि उड्न लागेको हो। जहाजको इन्जिनमा समस्या आएपछि जहाज ग्राउन्डेड भएर बसेको थियो।

जहाजको इन्जिन मर्मत तथा भाडामा लिने काममा ढिलासुस्ती गरेको निगमले सबैतिरबाट विरोध भएपछि बल्ल ६३ दिनपछि भाडाको इन्जिन राख्न जहाज इजरायल जान लागेको हो। जहाज काठमाडौं-दुबई हुँदै इजरायल जाने छ। जहाजले दुबईसम्मको यात्रु लिएर जाने छ। दुबईमा यात्रु झारेपछि जहाज बिग्रको इन्जिन छोड्न र भाडाको इन्जिन राख्न इजरायल जान लागेको हो।

निगमको इन्जिन मर्मत तथा भाडा इन्जिन उपलब्ध गराउने ठेक्का इजरायल एरो स्पेस इन्ड्रस्टिजले पाएको छ। यो कम्पनी पनि २ साता अगाडि मात्रै छनोट भएको हो। यही कम्पनीले अब निगमको २ वटा न्यरोबडी जहाजको इन्जिन मर्मत तथा इन्जिन भाडामा उपलब्ध गराउने छ।

कमिसनको खेलमा 'एयरबस ए ३२०' को इन्जिन मर्मत र भाडामा लिने ठेक्का एउटै कम्पनीलाई कमिसनको खेलमा 'एयरबस ए ३२०' को इन्जिन मर्मत र भाडामा लिने ठेक्का एउटै कम्पनीलाई

स्वार्थ बाझिने गरी निगम कार्यकारी अध्यक्ष युवराज अधिकारीले एउटै कम्पनीलाई इन्जिन मर्मत तथा इन्जिन भाडामा लिने ठ‍ेक्का दिएका थिए। अधिकारीले कम्पनी छनोट पनि विदेश गएर नै सेटिङमा गरेका थिए। कम्पनी छनोट गर्नु एक साता अगाडि अधिकारी थाइल्याण्ड पुगेका थिए। एक साता नै थाइल्याण्ड बसेर आएको केही दिनमै अधिकारीले इन्जिन मर्मत तथा भाडामा लिने ठेक्का इजरायल एरो स्पेसलाई दिने निर्णय गरेका थिए।

सोही कम्पनीले उपलब्ध गराएको एमटीयूको भाडाको इन्जिन जहाजमा हाल्ने र आफ्नो बिग्रिएको इन्जिन छोडेर जहाज १८ तारिकमा नेपाल आउने तालिका तय भएको छ। तर निगम व्यवस्थापनले इन्जिन भाडाको रकम भने लुकाएको छ।

यसअघि २०२२ को मार्चदेखि २०२३ को अगस्ट ३१ सम्म एमटीयूकै इन्जिन भाडामा लिँदा निगमले जहाज उडे वा नउडे पनि दैनिक २ हजार डलर र प्रतिसाइकल २ सय ३९ डलर र प्रतिघण्टा २ सय ७८ डलर तिर्ने गरी इन्जिन भाडामा लिइएर नाइन एकेडब्लु 'सगरमाथा' जहाज उडाइएको थियो। 

निगम कार्यकारी अध्यक्ष अधिकारीमाथि आर्थिक हिनामिनाको आरोप, इन्जिन भाडामा लिनेदेखि मर्मतमा करोडौँ अपचलन निगम कार्यकारी अध्यक्ष अधिकारीमाथि आर्थिक हिनामिनाको आरोप, इन्जिन भाडामा लिनेदेखि मर्मतमा करोडौँ अपचलन

पहिले पनि ९० दिनका लागि भनेर लिइएको इन्जिन साढे १७ महिना प्रयोग गरिएको थियो। अहिले पनि पुन: ९० दिनका लागि इन्जिन भाडामा लिएको छ। तर ९० दिनमा इन्जिन मर्मत नभएको अवस्थामा यही इन्जिन प्रयोग गरिने छ।

इन्जिन मर्मतको अधिकतम समय ९० दिन हो। तर निगमको इन्जिन अहिलेसम्म ९० दिनमा बनेको इतिहास छैन। ९ महिनादेखि ११ महिनामा इन्जिन मर्तम भएको रेकर्ड निगमसँग नै छ।

इन्जिन भाडामा लिने टेन्डरमा गलत 'स्पेसिफिकेसन' राख्दा २५ लाख थप क्षति, ४९ दिनदेखि 'लुम्बिनी' जहाज ग्राउन्डेड हुँदा गुम्यो ६५ करोड इन्जिन भाडामा लिने टेन्डरमा गलत 'स्पेसिफिकेसन' राख्दा २५ लाख थप क्षति, ४९ दिनदेखि 'लुम्बिनी' जहाज ग्राउन्डेड हुँदा गुम्यो ६५ करोड

झन् अहिले त एउटै कम्पनीको इन्जिन भाडामा र इन्जिन मर्मतको ठेक्का भएको कारण कमिसनका लागि इन्जिन मर्मतमा ढिलाइ गरेर भाडाको इन्जिन लामो समयसम्म प्रयोग गर्ने खेल तयार पारिएको निगम स्रोतको दाबी छ। जति इन्जिन मर्मतमा ढिला हुन्छ त्यति नै भाडाको रकममा कमिसन पाइने हुँदा समयमै इन्जिन मर्मत नहुने एक सञ्चालकले बताए।

यसरी ६३ दिनसम्म जहाज ग्राउन्डेड हुँदा मात्रै निगमले न्यरोबडी जहाजबाट देनिक सरदर हुने १ करोड ६ लाख रुपैयाँ आम्दानीको दरमा ६७ करोड गुमाइसकेको छ।

दुई न्यारोबडी जहाज २० महिनामा २ सय  दिनभन्दा बढी ग्राउन्डेड हुँदा निगमले गुमायो ४ अर्ब, मुकदर्शक बन्दै पर्यटनमन्त्री किराती दुई न्यारोबडी जहाज २० महिनामा २ सय दिनभन्दा बढी ग्राउन्डेड हुँदा निगमले गुमायो ४ अर्ब, मुकदर्शक बन्दै पर्यटनमन्त्री किराती


प्रकाशित : आइतबार, भदौ ३१ २०८००५:१८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend