शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

प्रधानमन्त्री दाहालले उद्‍घाटन गरे नेपाल नागरिक उड्डयन प्राधिकरणको नयाँ कार्यालय भवन

शुक्रबार, भदौ २९ २०८०
प्रधानमन्त्री दाहालले उद्‍घाटन गरे नेपाल नागरिक उड्डयन प्राधिकरणको नयाँ कार्यालय भवन

काठमाडौं- नेपाल नागरिक उड्डयन प्राधिकरणको सिनामंगल कालिमाटिडोलमा भर्खरै निर्माण सम्पन्न भएको कार्यालय भवन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्‌घाटन गरेका छन्।

परिसरमा रहेको करिब ३० रोपनी जग्गामध्ये १२ रोपनी क्षेत्रफललाई विकास गरी ४ रोपनी २ आना जग्गामा १८ हजार ७ सय २१ वर्गमिटर बिल्टअप एरिया भएको ३ तले बेसमेन्टसहित १२ तले भवन निर्माण सम्पन्न भएसँगै प्रधानमन्त्री दाहालले शुक्रबार उद्घाटन गरेका हुन्। 

नेपाल नागरिक उड्डयन प्राधिकरणले आफ्नै स्रोतमा १ अर्ब ८० करोड खर्च गरी नेपालकै आधुनिक सुविधायुक्त, कार्यालय भवन निर्माण गरेको छ।

यस भवनमा कर्मचारी तथा सेवाग्राहीहरुलाई सहज रुपमा सेवा प्रवाह गर्ने तथा सेवा लिने अन्तराष्ट्रिय स्तरको वातावरण उपलब्ध गराइएको प्राधिकरणले जनाएको छ।

caan ud.jpg

भवनको दुइवटा बेसमेन्टमा ६५ वटा कार, १ सय २० वटा मोटरसाइकल तथा २५ वटा साइकल पार्किङ गर्ने क्षमता भएको र फरक क्षमता भएका व्यक्तिमैत्री हुने गरी निर्माण गरिएको छ।

भवनमा ४ वटा लिफ्ट, पब्लिक एनाउन्समेन्ट सिस्टम, आगो नियन्त्रण गर्ने प्रणाली, वाटर ट्रिटमेन्ट प्लान्ट, सेवेज ट्रिटमेन्ट प्लान्ट, सीसीटीभी, आईटी डाटा सेन्टर तथा पूर्ण रुपमा वातानुकुलित कक्षहरुमा करिब ४ सय जना कर्मचारीले दैनिक कार्य गर्न सक्ने गरी निर्माण गरिएको छ।


प्रकाशित : शुक्रबार, भदौ २९ २०८०१२:०९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend