बुधबार, जेठ ७ गते २०८२    
बुधबार, जेठ ७ २०८२
images
images

अघि बढ्यो पश्चिम दाङ जोड्ने माथिल्लो सडक स्तरोन्नतिको काम

images
बिहीबार , भदौ २८ २०८०
images
अघि बढ्यो पश्चिम दाङ जोड्ने माथिल्लो सडक स्तरोन्नतिको काम

दाङको ऐतिहासिक हापुरे बजार जोड्ने सडकका लागि २८ करोड रूपैयाँ बजेट आएको छ। सोहीअनुसार कामको प्रक्रिया अघि बढेको लुम्बिनी प्रदेशका अर्थमन्त्री धनबहादुर मास्कीले जानकारी दिए।

images
images

तुलसीपुर- पश्चिम दाङ जोड्ने माथिल्लो सडक स्तरोन्नतिको काम अघि बढेको छ। सोही सडकलाई दुई प्रकृतिबाट स्तरोन्नति गर्न लागिएको हो।

images
images
images

दाङको ऐतिहासिक हापुरे बजार जोड्ने उक्त सडक १९ किलोमिटर रहेको छ। तीमध्ये १२ किमीमा कालोपत्र र बाँकी रहेको सात किमीमा मर्मत गरिने लुम्बिनी प्रदेशका अर्थमन्त्री धनबहादुर मास्कीले बताए।

images
images

सोही सडकका लागि २८ करोड रूपैयाँ बजेट आएको छ। सोहीअनुसार कामको प्रक्रिया अघि बढेको मन्त्री मास्कीले बताए।

images
images

'माथिल्लो सडक बिग्रिँदा आवतजावतमा निकै समस्या हुने गरेको छ, सबैले यो सडक स्तरोन्नतिको माग पनि गर्नुभएको छ', उनले भने, 'त्यसैले यो सडक स्तरोन्नतिका लागि प्रक्रिया अघि बढिसकेको छ।'

उक्त सडकले तुलसीपुरको गहतेखोलादेखि हापुरे जोड्छ। साथै सोही सडकमा पर्ने तीन खोलामा पुल निर्माणका लागि प्रदेश सरकारले बजेट विनियोजन गरेको जनाउँदै त्यसका लागि सर्भेको प्रक्रिया अघि बढेको मन्त्री मास्कीले बताए। उनले समयमै काम पूरा गर्ने गरी प्रक्रिया अघि बढेको जानकारी दिए। रासस


प्रकाशित : बिहीबार , भदौ २८ २०८००७:५९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend