बुधबार, जेठ ७ गते २०८२    
बुधबार, जेठ ७ २०८२
images
images

हेटौँडा सिमेन्ट उद्योगको उपकरण बिग्रँदा बन्द भयो उत्पादन

images
बिहीबार , भदौ २८ २०८०
images
हेटौँडा सिमेन्ट उद्योगको उपकरण बिग्रँदा बन्द भयो उत्पादन

उद्योगको आगो बाल्ने भट्टीमा जडान गरिएको कोलमिलको उपकरण बिग्रिँदा सिमेन्ट उत्पादन गर्ने क्लिंकरको उत्पादन अवरुद्ध भएको हो।

images
images

मकवानपुर- हेटौँडा सिमेन्ट उद्योगको कोलमिलको उपकरण बिग्रिँदा सिमेन्टको उत्पादन आज बिहानदेखि बन्द भएको छ।

images
images
images

उद्योगको आगो बाल्ने भट्टीमा जडान गरिएको कोलमिलको उपकरण बिग्रिँदा सिमेन्ट उत्पादन गर्ने क्लिंकरको उत्पादन अवरुद्ध भएको हो। आगामी ३-४ दिनभित्रै उक्त उपकरण मर्मत गरेर सिमेन्ट उत्पादन सुरु गर्ने तयारी भइरहेको हेटौँडा सिमेन्ट उद्योगका नायब महाप्रबन्धक नवीनकुमार कर्णले बताए।

images
images

उनले उद्योगमा अहिले पर्याप्त कोइला र चुनढुंगा जगेडामा राखिएको जानकारी दिए। अहिले दैनिक १० हजार बोरा सिमेन्ट सो उद्योगले उत्पादन गर्दै आएको उद्योग व्यवस्थापनले जनाएको छ।

images
images

उद्योगमा कोइलाको अभावले करिब दुई महिना बन्द गरेर दुई हप्ताअघि मात्रै पुनः सिमेन्ट उत्पादन सुरु गरिएकामा फेरि प्राविधिक समस्या आउँदा सिमेन्टको उत्पादन बन्द गर्नुपरेको उद्योग प्रशासन महाशाखाका अधिकृत शत्रु अर्यालले जानकारी दिए।


प्रकाशित : बिहीबार , भदौ २८ २०८००७:१९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend