बुधबार, जेठ ७ गते २०८२    
बुधबार, जेठ ७ २०८२
images
images

सुन प्रकरणको अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा पेश

images
बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, भदौ २७ २०८०
images
सुन प्रकरणको अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा पेश

अहिलेको मूल्यमा तीन अर्ब ५० करोड दुई लाख १६ हजार पाँच सय ५२ को सुन तस्करी भएकाले सो रकमलाई बिगो कायम गरी मुद्दा अघि बढाउन पनि राय दिइएको छ।

images
images

काठमाडौं- नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले सुन तस्करी प्रकरणमा ५० जनालाई प्रतिवादी बनाउने गरी तयार भएको रायसहितको प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालयमा पेश गरेको छ। 

images
images
images

आरोपीमाथि विभिन्न सातवटा कसुरमा मुद्दा चलाउने रायसहितको प्रतिवेदन सीआईबीले आज सरकारी वकिलमा पेश गरेको छ। जिल्ला सरकारी वकिल कार्यालयका जिल्ला न्यायाधीवक्ता महेशप्रसाद खत्रीले सीआईबीको टोली आरोपीसहित प्रतिवेदन लिएर कार्यालयमा आइपुगेको जानकारी दिए। 

images
images

उक्त प्रकरणमा आरोपीमाथि भन्सार ऐन, सङ्गठित अपराध, नेपाल राष्ट्र बैंक ऐन, मुलुकी अपराध संहिता, नेपाल नागरिकता ऐन, राहदानी ऐन र अध्यागमन ऐनअनुसार कारबारहीका लागि सिफारिस गर्ने गरी अनुसन्धान प्रतिवेदन तयार पारेर सरकारी वकिल कार्यालयमा पठाइएको सीआइबीका प्रमुख, प्रहरी अतिरिक्त महानिरीक्षक किरण बज्राचार्यले जानकारी दिइन्। 

images
images

अनुसन्धानका क्रममा अहिलेसम्म गिरोहले विभिन्न सात वटा कम्पनीबाट तीन सय ६२ किलो (तीन सय दुई र ६० किलो) भन्दा बढी सुन तस्करी गरेको खुलेको पनि जानकारी दिइन्। ६० किलो ७ सय १६ ग्राम बरामद गरिए पनि अरु सुन बरामद हुन सकेन।

अहिलेको मूल्यमा तीन अर्ब ५० करोड दुई लाख १६ हजार पाँच सय ५२ को सुन तस्करी भएकाले सो रकमलाई बिगो कायम गरी मुद्दा अघि बढाउन पनि राय दिइएको छ। अहिलेसम्म ३२ जना पक्राउ परेका छन्। त्यसमध्ये २३ जना नेपाली र नौ जना विदेशी रहेका छन्। १८ जना फरार रहेका छन्।

गत साउन ३ गते राजस्व अनुसन्धान विभागको टोलीले हङकङबाट ब्रेक शुमा हालेर ल्याइएको उक्त सुन सिनामङ्गलस्थित भन्सार कार्यालय अगाडिबाट बरामद गरेको थियो। 

विभागले आवश्यक अनुसन्धान सकेपछि १८ दिनपछि सुन प्रकरणको अनुसन्धानको जिम्मा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) लाई दिएको थियो। ब्रेक शुसहितको सुन एक सय ५५ किलो भएको पाइए पनि गाल्दा ६० किलो सात सय १६ ग्राम फेला परेको थियो। रासस


प्रकाशित : बुधबार, भदौ २७ २०८०१३:४५
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend