बुधबार, जेठ ७ गते २०८२    
बुधबार, जेठ ७ २०८२
images
images

मलेसिया र क्यानडा जाने प्रलोभनमा पर्दा गुम्यो लाखौँ रकम

images
मंगलबार, भदौ २६ २०८०
images
मलेसिया र क्यानडा जाने प्रलोभनमा पर्दा गुम्यो लाखौँ रकम

पक्राउ परेका दुवै जनालाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए।

images
images

काठमाडौं- वैदेशिक रोजगारीका लागि मलेसिया र क्यानडा जाने प्रलोभनमा पर्दा तीन जना ठगिएका छन्। वैदेशिक प्रलोभनमा पारी तीन जनासँग लाखौँ रकम ठगी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।

images
images
images

उनीहरुलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मीनभवनको प्रहरी टोलीले काठमाडौंका विभिन्न स्थानबाट पक्राउ गरेको हो। पक्राउ पर्नेमा टोखा नगरपालिका-१० बस्ने नुवाकोटकी २७ वर्षीया तुलसा वाग्ले (अधिकारी) र कागेश्वरी मनोहरा नगरपालिका-१ सानटारी बस्ने झापाको २४ वर्षीय सुजन पुरी रहेका छन्।

images
images

वाग्लेलाई खिमलाल बढामगरसमेत दुईजनालाई वैदेशिक रोजगारीका लागि मलेसिया पठाइदिने भन्दै रकम ठगी गरी फरार रहेको तथा पुरीलाई भूमिराज राईलाई क्यानडा पठाइदिने भन्दै दश लाख २५ हजार रूपैयाँ रकम लिइ सम्पर्कविहीन भइ ठगी गरेको उजुरीका आधारमा पक्राउ गरिएको हो।

images
images

पक्राउ परेका दुवै जनालाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए।


प्रकाशित : मंगलबार, भदौ २६ २०८००८:१०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend