बुधबार, जेठ ७ गते २०८२    
बुधबार, जेठ ७ २०८२
images
images

राजकीय सम्मानका साथ नेम्वाङको अन्त्येष्टि गरिने, सार्वजनिक बिदा दिइने

images
बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, भदौ २६ २०८०
images
राजकीय सम्मानका साथ नेम्वाङको अन्त्येष्टि गरिने, सार्वजनिक बिदा दिइने

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आज बसेको मन्त्रिपरिषद्को बैठकले संविधानसभा अध्यक्षको निधनप्रति दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति सरकारले समवेदना प्रकट गरेको छ।

images
images

काठमाडौं- सरकारले संविधानसभाका अध्यक्ष सुवास नेम्वाङको राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने निर्णय गरेको छ। साथै अन्त्येष्टिका दिन सार्वजनिक बिदा दिने निर्णयसमेत भएको छ।

images
images
images

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आज बसेको मन्त्रिपरिषद्को बैठकले संविधानसभा अध्यक्षको निधनप्रति दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति सरकारले समवेदना प्रकट गरेको छ।

images
images

संविधान निर्माण प्रक्रियामा उनले गरेको योगदानप्रति सम्मान प्रकट गर्दै सरकारले राष्ट्रिय सम्मान दिने निर्णय गरेको संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले जानकारी दिए।

images
images

मन्त्री किरातीका अनुसार सरकारले उनको अन्त्येष्टिका दिन सार्वजनिक बिदा दिने निर्णय भएको छ। संविधानसभा अध्यक्ष नेम्वाङको आज बिहान निधन भएको हो।


प्रकाशित : मंगलबार, भदौ २६ २०८००५:४१
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend