बुधबार, जेठ ७ गते २०८२    
बुधबार, जेठ ७ २०८२
images
images

पहिरोले जयपृथ्वी राजमार्ग अवरुद्ध

images
सोमबार, भदौ २५ २०८०
images
पहिरोले जयपृथ्वी राजमार्ग अवरुद्ध

आइतबारदेखि उक्त राजमार्ग अवरुद्ध हुँदा बझाङबाट बाहिरिने र बझाङ जाने ठूला गाडी रोकिएका छन्।

images
images

बैतडी- अविरल वर्षापछि जयपृथ्वी राजमार्ग अवरुद्ध बनेको छ। आइतबार दिउँसो बैतडीको पाटन नगरपालिका-८ विजयपुर नजिकै सडक माथिबाट ठूलो ढुंगा खस्दा उक्त राजमार्ग अवरुद्ध भएको हो।

images
images
images

उक्त ढुंगा फुटाल्न बझाङबाट ठूलो मेसिन मगाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक खेमविक्रम केसीले जानकारी दिए। उनले भने, 'ठूलो ढुंगा फुटाल्न नसक्दा सवारीसाधन बाटोमै थन्किएका छन्।'

images
images

आइतबारदेखि उक्त राजमार्ग अवरुद्ध हुँदा बझाङबाट बाहिरिने र बझाङ जाने ठूला गाडी रोकिएका छन्। यस्तै दशशरथचन्द राजमार्गको सतबाँझ-गोठलापानी सडकखण्डको गुरुखोला नजिक सडकमा रुख खस्दा अवरुद्ध भएको छ। गए राति खसेका चारवटा रुखले राजमार्ग अवरुद्ध पारेको प्रहरी निरीक्षक केसीले बताए।

images
images

राजमार्ग अवरुद्ध भएर यातायातका साधन रोकिँदा यात्रु अलपत्र परेका छन्। शनिबारदेखि भइरहेको अविरल वर्षाका कारण यहाँको जनजीवन प्रभावित हुनुका साथै बाढी र पहिरोको जोखिम बढाएको छ। रासस


प्रकाशित : सोमबार, भदौ २५ २०८००४:४८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend