बुधबार, जेठ ७ गते २०८२    
बुधबार, जेठ ७ २०८२
images
images

जुम्ला-मनाङ सडकको काम तीव्र गतिमा हुँदै

images
आइतबार, भदौ २४ २०८०
images
जुम्ला-मनाङ सडकको काम तीव्र गतिमा हुँदै

पहिलो चरणमा जुम्लाको दानसाँघुदेखि देब्बलगाउँसम्मको छ सय मिटर सडकमा आरसीसी प्रयोग गरिएको छ।

images
images

जुम्ला- जुम्ला सदरमुकाम खलंगादेखि डोल्पा हुँदै मनाङ र मुस्ताङसम्म जोड्ने सडकको काम तीव्र गतिमा अघि बढाइएको छ। सडक डिभिजन कार्यालय जुम्लाले अहिले उक्त सडकको स्तरोन्नतिलाई प्रथामिकताका साथ अगाडि बढाइएको कार्यालयका सब इन्जिनियर वीरेन्द्र रावलले जानकारी दिए।

images
images
images

जुम्लादेखि डोल्पाको मौरी लेकसम्मको ४५ किलोमिटर सडक डिभिजन कार्यालय जुम्लाको कार्यक्षेत्रमा पर्छ। निर्माण भइसकेको सडकमध्ये पहिलो चरणमा १३ किलोमिटरमा ग्राभेल गरिएको रावलको भनाइ छ। सडकलाई गुणस्तरीय बनाउनका लागि आरसिसी भइरहेको उनले जानकारी दिए।

images
images

सडक निर्माणलाई तीव्रता दिन इन्जिनियर चित्र चौलागाई, सब इन्जिनियर कमला चौलागाई र वीरेन्द्र रावल तथा सुपरभाइजर मदन महतलाई निर्माणस्थलमै खटाइएको कार्यालय प्रमुख दीपेन्द्र विष्टले बताए। पहिलो चरणमा जुम्लाको दानसाँघुदेखि देब्बलगाउँसम्मको छ सय मिटर सडकमा आरसीसी प्रयोग गरिएको छ।

images
images

सडक निर्माणका लागि कार्यालयले नौ करोड ६३ लाख रूपैयाँमा थोदुङ कन्ट्रक्सन काठमाडौंसँग सम्झौता गरेको थियो। सम्झौताअनुसार २०८१ पुसभित्र काम सम्पन्न गर्नु पर्नेछ। रासस


प्रकाशित : आइतबार, भदौ २४ २०८०१०:०९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend