बुधबार, जेठ ७ गते २०८२    
बुधबार, जेठ ७ २०८२
images
images

सडक माथिबाट पहिरो खस्दा महाकाली राजमार्ग अवरुद्ध

images
आइतबार, भदौ २४ २०८०
images
सडक माथिबाट पहिरो खस्दा महाकाली राजमार्ग अवरुद्ध
फाइल तस्बिर।

राजमार्ग अवरुद्ध हुँदा यातायात आवागमन पूर्ण रुपमा बन्द भएको छ।

images
images

बैतडी- अविरल वर्षापछि आएको पहिरोले महाकाली राजमार्ग अवरुद्ध भएको छ। वर्षापछि बैतडीको सतबाँझ-गोकुलेश्वर सडकखण्डको धर्मघरनजिकै आज ११:३० बजे सडक माथिबाट पहिरो खस्दा राजमार्ग अवरुद्ध बनेको हो।

images
images
images

राजमार्ग अवरुद्ध हुँदा यातायात आवागमन पूर्ण रुपमा बन्द भएको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिए। उनका अनुसार अहिले यात्रुहरु बीचबाटोमै अलपत्र परेका छन्।

images
images

पहिरो पन्छाएर राजमार्ग सञ्चालन गर्न जेसिबी पहिरो खसेको स्थानतर्फ गइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। शनिबारदेखि भइरहेको अविरल वर्षाका कारण यहाँको जनजीवन प्रभावित भएको छ। रासस

images
images


प्रकाशित : आइतबार, भदौ २४ २०८००७:१५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend