शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

हिमालय एयरलाइन्सले थाल्यो काठमाडौं-छिन्ताओ उडान

आइतबार, भदौ २४ २०८०
हिमालय एयरलाइन्सले थाल्यो काठमाडौं-छिन्ताओ उडान

यात्रुहरुले हिमालय एयरलाइन्सको टिकटिङ काउन्टर, आधिकारिक ट्राभल पार्टनरहरू र एयरलाइन्सको वेबसाइटबाट टिकट बुक गर्न सक्नेछन्।

काठमाडौं- हिमालय एयरलाइन्सले लामो समयदेखि प्रतिक्षारत काठमाडौं-छिन्ताओ-काठमाडौं उडान सुरु गरेको छ।

आइतबारबाट सुरु भएको उक्त रुटको उडान हरेक आइतबार साप्ताहिक रुपमा सञ्चालन गर्ने हिमालय एयरलाइन्सको तयारी छ। पहिलो आउटबाउन्ड उडान एच९ ७२२०, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बिहान ९ः१५ मा प्रस्थान गरेको थियो। उक्त विमान छिन्ताओको जियाओडोंग अन्तर्राष्ट्रिय विमानस्थलमा स्थानीय समय अनुसार साँझको ५ः२२ बजे अवतरण गर्नेछ।

यस उडानको अवधि ५ घण्टा ५० मिनेटको रहनेछ। पहिलो उडानमा कुल यात्रु संख्या एक सय रहेको थियो।

यात्रुहरूले हिमालय एयरलाइन्सको टिकटिङ काउन्टर, आधिकारिक ट्राभल पार्टनरहरू र एयरलाइन्सको वेबसाइटबाट यस रुटको टिकट बुक गर्न सक्ने एयरलाइन्सले जनाएको छ।

यो उडानले दुई देशबीचको पर्यटन र व्यापारतर्फ निर्णायक भूमिका निर्वाह गर्ने, चिनियाँ पर्यटक बढ्ने विश्वास लिइएको छ। यस उडानमार्फत दुवै देशले पर्यटन प्रवर्द्धन गर्ने उद्देश्य लिएको कम्पनीले जनाएको छ। 


प्रकाशित : आइतबार, भदौ २४ २०८००७:००

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend