बिहीबार , जेठ ८ गते २०८२    
बिहीबार , जेठ ८ २०८२
images
images

सुन तस्करी प्रकरण : भन्सार अधिकृत र दुई नासु पक्राउ

images
शनिबार, भदौ २३ २०८०
images
सुन तस्करी प्रकरण : भन्सार अधिकृत र दुई नासु पक्राउ

६० किलो सुन तस्करी प्रकरणमा थप तीन जना समातिएसँगै पक्राउ पर्नेको संख्या ३० पुगेको छ।

images
images

काठमाडौं- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद भएको ६० किलो सुन प्रकरणमा थप तीन जना पक्राउ परेका छन्।

images
images
images

केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले त्रिभुवन विमानस्थल भन्सार कार्यालयका भन्सार अधिकृत पुष्पा जोशी, दुई नायब सुब्बा कमल परियार र वीरेन्द्र नेपालीलाई पक्राउ गरेको हो। 

images
images

सुन तस्करी प्रकरणमा उनीहरुको पनि संलग्नता देखिएपछि शनिबार उनीहरुलाई सीआईबीले पक्राउ गरेको हो। 

images
images

योसँगै पक्राउ पर्नेको संख्या ३० पुगेको छ।

स्कुटरको ‘ब्रेक शु’को नाममा हङकङबाट अवैध रुपमा लुकाएर ल्याइएको उक्त परिमाणको सुन विमानस्थल भन्सार कार्यालय अगाडि सिनामंगलबाट गएको साउन २ गते राजस्व अनुसन्धान विभागले बरामद भएको थियो। 

यस प्रकरणको अहिले प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले अनुसन्धान गरिरहेको छ।


प्रकाशित : शनिबार, भदौ २३ २०८०१०:०५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend