शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

१७ होटलमा ४ अर्ब लगानी थपिँदै

शनिबार, भदौ २३ २०८०
१७ होटलमा ४ अर्ब लगानी थपिँदै

उद्योग विभागको दर्ता विवरणअनुसार होटलमा १ अर्ब ८५ करोडको लगानी प्रतिवद्धता आएको छ।

काठमाडौं- चालु आर्थिक वर्षको साउन १ गतेदेखि अहिलेसम्म १७ वटा होटल/रेष्टुँरामा करिब ४ अर्बको लगानी प्रतिवद्धता आएको छ। जसमा पोखरा र भैरहवामा निर्माण हुने दुईवटा होटलमा मात्रै तीन अर्ब एक करोड रूपैयाँभन्दा बढीको लगानी प्रतिवद्धतासँगै उद्योग विभागमा दर्ता भएको छ। 

रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नम्बर ८ मा स्थापना हुने गरी होटल बुद्ध स्टार प्रालि दर्ता भएको छ। होटलमा सतप्रतिशत नेपाली लगानी रहेको छ।

उद्योग विभागको दर्ता विवरणअनुसार होटलमा १ अर्ब ८५ करोडको लगानी प्रतिवद्धता आएको छ। २ सय बेड क्षमताको होटलमा १ सय २० सिट क्षमताको रेष्टुँरासहित ५ सय ब्यांक्वेट निर्माण हुनेछ। होटलमा १ सय ३ जनाले रोजगारी पाउने दर्ता विवरणमा उल्लेख छ। होटलमा ५ सय केभीए बिजुली खपत हुनेछ।

यसैगरी पोखरा महानगरपालिका वडा नम्बर ३१ मा पनि नयाँ तारे होटल निर्माण हुने भएको छ। वाटफोर्ड होटल म्यानेजमेन्ट प्रालिको नाममा उद्योग विभागमा दर्ता भएको हो।

होटलमा १ अर्ब १६ करोड रूपैयाँको लगानी प्रतिवद्धता रहेको छ। ९२ वेड क्षमताको होटलमा २ सय सिट क्षमताको रेष्टुँरा रहने छ। होटलमा ७९ जनाले रोजगारी पाउने छन्। होटलमा सतप्रतिशत नेपाली लगानी रहेको छ।

कुन होटलमा कति लगानी?

hotel.jpg


प्रकाशित : शनिबार, भदौ २३ २०८००२:५६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend